काठमाडौं- विवादमा परेपछि नारायणहिटी दरबार संग्रहालय परिसरमा बतास समूहले बनाउँदै गरेको संरचना शुक्रबारबाट भत्काउन सुरु गरिएको छ।
बतास समूहले निर्माण गरेको संचरना शुक्रबार बिहानदेखि नारायणहिटी दरबार संग्रहालय विकास समितिले भत्काउन थालेको हो।
बतास समूहले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट सञ्चालनका लागि केपी ओली नेतृत्वको सरकारको पालामा अनुमति पाएको थियो ।
१७ पुस ०७७ मा बतास समूहको बिपिएस लिजिङ कम्पनी र संग्रहालय विकास समितिबीच भाडासम्बन्धी सम्झौता भएको थियो। नारायणहिटी दरबार संग्रहालय परिसरमा बतास समूहले बनाउँदै गरेको संरचना भत्काउन सुरु गरिएको छ।