बिहीबार , मंसिर २७ गते २०८१    
images
images

ठूलो ढुंगासहित खसेको पहिरोका कारण गल्छी-रसुवागढी सडक अवरुद्ध

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ६ २०८१
images
images
ठूलो ढुंगासहित खसेको पहिरोका कारण गल्छी-रसुवागढी सडक अवरुद्ध

देवीघाटबाट महादेवफाँट हुँदै गल्छी आवतजावत गर्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सोही रुटको आसपासमा वैकल्पिक सडक नभएको हुँदा यातायातका साधन आवातजावत गर्न समस्या भएको छ।

images
images

नुवाकोट- सडकमा ठूलो ढुंगासहित खसेको पहिरोका कारण गल्छी-रसुवागढी सडकमा यातायात सञ्चालन बन्द भएको छ।

images
images
images

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जेजङ्ग कार्कीका अनुसार नुवाकोटको बेलकोटगढी नगरपालिका-८ स्थित ठूलोखोला नजिक सडकमा खसेको ठूलो ढुङ्गासहितको पहिरोले ‘डेडिकेटेड डबल लेन’को सडक पूर्ण रूपमा बन्द भएको छ।

images

देवीघाटबाट महादेवफाँट हुँदै गल्छी आवतजावत गर्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सोही रुटको आसपासमा वैकल्पिक सडक नभएको हुँदा यातायातका साधन आवातजावत गर्न समस्या भएको छ।

images

धादिङको गल्छीबाट नुवाकोटको त्रिशूली तथा रसुवागढी हुँदै केरुङ जानुपर्ने सवारीसाधन गल्छीबाट काठमाडौं नै पुगेर टोखा-छहरे सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।

बुधबार राति खसेको पहिरोसँगैको ठूलो ढुङ्गा हटाउन ‘ब्रेकर’ लगाउनुपर्ने भएकाले सडक सञ्चालन गर्न समय लाग्ने देखिएको गल्छी-रसुवागढी सडक योजना कार्यालयका प्रमुख धुव्रकुमार श्रेष्ठले जानकारी दिए। पहिरो पन्छाउन आज बिहीबार बिहानदेखि भारी उपकरणसहितको जनशक्ति परिचालन गरिएको छ। रासस


प्रकाशित : बिहीबार , भदौ ६ २०८११०:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend