शुक्रबार, असोज ११ गते २०८१    
images
images

आमनागरिकका लागि चाँडै धरहरा खुला गर्ने तयारी भइरहेको छ : उपप्रधानमन्त्री सिंह

images
बुधबार, भदौ ५ २०८१
images
images
आमनागरिकका लागि चाँडै धरहरा खुला गर्ने तयारी भइरहेको छ : उपप्रधानमन्त्री सिंह

'धरहरा चढ्न चाहनेका लागि सरकारले एकसय दिनभित्रै केही व्यवस्था गर्नेछ। धरहराको सबै होइन केही भाग खुला गर्नका लागि हामी लागिरहेका छौँ', उपप्रधानमन्त्री प्रकाशमान सिंहले भने।

images
images

काठमाडौं- उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आमनागरिकका लागि चाँडै धरहरा खुला गर्ने तयारी गरिरहेको बताएका छन्।

images
images
images

आज सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार विषयमा लेख्ने पत्रकारसँगको अन्तरक्रियाका क्रममा उनले सरकारको सय दिनभित्रै धरहरा चढ्न मिल्नेगरी व्यवस्था मिलाउन लागिएको जानकारी दिए।

उनले धरहराको सबै काम नसकिए पनि धरहरा चढ्न चाहनेहरूका लागि आवश्यक बन्दोबस्त भने चाँडै हुने विश्वास व्यक्त गरे। 'धरहरा चढ्न चाहनेका लागि सरकारले एकसय दिनभित्रै केही व्यवस्था गर्नेछ। धरहराको सबै होइन केही भाग खुला गर्नका लागि हामी लागिरहेका छौँ', उपप्रधानमन्त्री सिंहले भने।

यसअघि सरकार अस्थिर हुँदा नयाँ सहर निर्माण प्रक्रियामा ढिलाइ भएको भन्दै उनले हाल संसद्कै दुई ठूला दल मिलेर सरकार बनेकाले नयाँ सहरलाई सुरक्षित र व्यवस्थित गर्ने काम अगाडि बढ्ने बताए।

images

काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनका लागि पनि मन्त्रालयले स्थानीय तहसँग आवश्यक छलफल गरिररहेको उपप्रधानमन्त्री सिंहले जानकारी दिए। सरकारले नीति निर्माणमा बढी जोड दिइरहेको पनि उपप्रधानमन्त्री सिंहको भनाइ थियो। रासस


प्रकाशित : बुधबार, भदौ ५ २०८११८:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend