काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले चार वर्ष कार्यकाल कायम गर्नका लागि सर्वोच्चमा अदालतमा मुद्दा दायर गरेका छन्। उनले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए।
क्षेत्रीको उक्त मुद्दामा सर्वोच्चले शुक्रबार सरकारलाई अल्पकालीन अन्तरिम आदेश दिँदै छलफलका लागि बोलाएको छ। क्षेत्री गत कात्तिक ८ गते महानिर्देशक नियुक्त भएका थिए।
उनी यही पुस २३ गते उमेरहदका कारण अनिवार्य अवकाश पाउँदै थिए। क्षेत्रीले महानिर्देशकको पद चार वर्षको हुने जिकिर गर्दै सर्वोच्चमा मुद्दा दायर गरेका हुन्।