आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

नागढुंगा पहिरो : सडक एकतर्फी खुल्यो

images
बुधबार, भदौ ५ २०८१
images
नागढुंगा पहिरो : सडक एकतर्फी खुल्यो
फाइल तस्बिर।

नागढुंगा चोकबाट नागमन्दिर नजिकै पहिरो खसेको हो। जसकारण काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधान दिनभर ठप्प छ।

images
images

काठमाडौं- काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगामा खसेको पहिरो हटाएपछि अहिले एकतर्फी सवारी आवागमन खुलाइएको छ।

images
images
images

प्रहरी वृत्त थानकोटका अनुसार साँझ ५ बजेदेखि सडक एकतर्फी खुलाइएको र अहिले काठमाडौं आउनका लागि नागढुंगा तल्लो क्षेत्रमा जाममा रहेका सवारी साधनलाई भित्र्याउन सुरु भएको छ। सवारी साधनको लामो लाइन रहेकाले सहज हुन केही समय लाग्ने जनाइएको छ।

images
images

वर्षा जारी रहँदा पहिरो पन्छाउने र खस्ने क्रम जारी भएकाले आज बिहान १०:३० बजेदेखि पहिरो खसेर रोकिएको सडक खुलाउन दिनभर समय लागेको हो। जसका कारण काठमाडौं नौविसे खण्ड प्रभावित भएको थियो।

images
images

प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले पानी थप परेको खण्डमा पुन: पहिरो खसेर अवरोध हुनसक्ने सम्भावना रहेको बताए। तीन वटा एक्स्काभेटरको सहयोगमा पहिरो पन्छाउने कार्य भइरहेको छ।

'कतिबेला बन्द हुने हो भन्ने थाहा छैन, त्यसैले अहिले काठमाडौं उपत्यकामा ‘माइकिङ’ गरेरै जानकारी दिएकाले आज सो क्षेत्रमा सकेसम्म यात्रा नगर्न भनिएको छ,' उनले भने।

नागढुंगा चोकबाट केही सय मिटर पर नागमन्दिर नजिकै पहिरो खसेको हो। जसका कारण काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधान दिनभर ठप्प रहेको छ। अहिले पानी पर्न कम भएको छ।

नागढुंगा प्रहरीले काठमाडौंबाट जाने सवारी साधन नागढुंगामै रोकेर फर्काइरहेको छ भने आउने सवारी साधान ‘पिप्लामोड’ भन्दा तल नै रोकिएका छन्। काठमाडौं छिर्ने मुख्य नाका नै बन्द हुँदा यात्रुहरू प्रभावित भएका छन्। रासस


प्रकाशित : बुधबार, भदौ ५ २०८११७:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend