आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

कैलालीको मनिकापुरस्थित हुलाकी सडक भत्किँदा आवागमन ठप्प

images
बुधबार, भदौ ५ २०८१
images
कैलालीको मनिकापुरस्थित हुलाकी सडक भत्किँदा आवागमन ठप्प

वर्षाका कारण कटैनी नदीमा पानीको बहाव बढ्दा कैलारी गाँउपालिका-५ पुरानो मनिकापुर बस्तीका २४ घर डुबानमा परेका छन्।

images
images

कैलाली- निरन्तर वर्षाका कारण कैलालीका हुलाकी सडक अवरुद्ध भएका छन्। वर्षापछि बाढीका कारण ठाउँ ठाउँमा सडक भत्किएका छन्। 

images
images
images

कैलारी गाउँपालिका-५ पुरानो मनिकापुरस्थित हुलाकी सडक भत्किँदा आवागमन ठप्प भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। निरन्तरको वर्षाका कारण पानिको सतह सडकभन्दा माथि पुगेको छ।

images
images

वर्षाका कारण कटैनी नदीमा पानीको बहाव बढ्दा कैलारी गाँउपालिका-५ पुरानो मनिकापुर बस्तीका २४ घर डुबानमा परेका छन्। उनीहरु आफन्तकहाँ बसेका छन। पाँच परिवारलाई स्थानान्त्रण गरी वडा नं ५ को कार्यालयमा राखिएको छ।

images
images

गौरीगंगा नगरपालिमा पनि केही घर डुबानमा परेका छन्। गौरीगंगा-७ का महादेवा, कम्दा, भगवानपुर र वडा नं-९ शंकरपुरका केही घर डुबानमा परेका सूचना अधिकारी जोशीले बताए। रासस


प्रकाशित : बुधबार, भदौ ५ २०८११७:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend