आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

‘लगानी कम्पनी’ले स्टार्टपमा लगानी गर्ने

images
बुधबार, भदौ ५ २०८१
images
‘लगानी कम्पनी’ले स्टार्टपमा लगानी गर्ने

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले १० अर्ब रूपैयाँ पुँजीको लगानी कम्पनी स्थापना भएको उल्लेख गर्दै यो कम्पनीले नवप्रवर्तन र उद्यमशीलता विकासमा लगानी गर्ने जानकारी दिए।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको पहलमा स्थापित लगानी कम्पनीले स्टार्टप उद्यम विकासका क्षेत्रमा लगानी गर्ने भएको छ।

images
images
images

आज यहाँ आयोजित ‘स्टार्टप नेसन २०३०’ को उद्घाटन सत्रमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले १० अर्ब रूपैयाँ पुँजीको लगानी कम्पनी स्थापना भएको उल्लेख गर्दै यो कम्पनीले नवप्रवर्तन र उद्यमशीलता विकासमा लगानी गर्ने जानकारी दिए। यो कम्पनी स्वतन्त्र रूपमा सञ्चालन हुने र जुनसुकै लगानीकर्ताले कम्पनीमा लगानी गर्न सक्ने उनले स्पष्ट पारे।

images
images

मुलुकको आर्थिक विकास र समृद्धिका लागि आन्तरिक लगानीसँगै प्रत्यक्ष वैदेशिक लगानी पनि आवश्यक पर्ने बताउँदै अध्यक्ष ढकालले संस्थागत लगानीमार्फत् ठूलो पुँजी जुटाएर लगानी कम्पनी स्थापना गरिएको उल्लेख गरे।

images
images

स्टार्टप कार्यक्रमका लागि सरकारले करिब एक दशकअघि बजेट विनियोजन गर्न थालेको भन्दै पछिल्लो समय मात्रै कार्यान्वयनको पहल थालिएको उनको भनाइ छ।

चार महिनाअघि लगानी सम्मेलनमा क्रममा अध्यादेशमार्फत् परिमार्जन गरिएका आठवटा ऐनमध्ये औद्योगिक व्यवसाय ऐनमा स्टार्टपको कानूनी परिभाषा समावेश गरिएको ढकालले उल्लेख गरे।

स्टार्टप र नयाँ उद्यमीलाई सहज बनाउन, युवालाई सहयोग गर्न ‘इन्क्युबेशन’ र ‘इनोभेसन सेन्टर’ स्थापना गर्नुपर्ने बताउँदै उहाँले प्रारम्भिक चरणमा महासंघले सुदूरपश्चिम प्रदेश सरकार र कैलाली उद्योग वाणिज्य संघसँगको सहकार्यमा इन्क्युबेशन सेन्टर स्थापनाको प्रक्रिया अघि बढाएको जानकारी दिए। रासस


प्रकाशित : बुधबार, भदौ ५ २०८११६:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend