आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

गत आवमा बर्दिया निकुञ्जले उठायो चार करोड ५२ लाख राजस्व, पर्यापर्यटनबाट मात्रै दुई करोडभन्दा बढी संकलन

images
बुधबार, भदौ ५ २०८१
images
गत आवमा बर्दिया निकुञ्जले उठायो चार करोड ५२ लाख राजस्व, पर्यापर्यटनबाट मात्रै दुई करोडभन्दा बढी संकलन

बर्दिया राष्ट्रिय निकुञ्जमा गतवर्ष स्वदेशी, विदेशी र सार्क मुलुकका गरी कुल २६ हजार एक सय ३१ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्।

images
images

बर्दिया- पश्चिम तराईकै पर्यटकीय गन्तव्यको रुपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्जले गत वर्ष पर्यापर्यटनबाट सबैभन्दा बढी राजस्व संकलन गरेको छ।

images
images
images

वनपैदावार, काठ दाउरा बिक्री, गैरकाष्ठ वनपैदावार, दण्ड सजायलगायत अन्य शीर्षकमा राजस्व उठाउँदै आएको निकुञ्जले कुल राजस्व असुलीको आधा भन्दा बढी राजस्व पर्यापर्यटनबाट संकलन गरेको हो।

images
images

बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेका अनुसार आर्थिक वर्ष २०८०/८१ मा वन पैदावार बिक्रीबापत एक करोड ३५ लाख ६८ हजार नौ सय २९ रूपैयाँ, काठ दाउरा बिक्रीबाट आठ लाख ३५ हजार आठ सय ४७, गैरकाष्ठ वन पैदावारमार्फत एक करोड २७ लाख ३३ हजार ८२ रूपैयाँ संकलन गरेको छ। 

images
images

त्यस्तै दण्ड सजायबाट २८ लाख ५८ हजार एक सय २२ र अन्य शीर्षकबाट तीन लाख ७७ हजार पाँचसय ७० रूपैयाँ असुली गरेको छ। निकुञ्जले गत वर्ष पर्यापर्यटनबाट दुई करोड ८४ लाख चार हजार पाँच रूपैयाँ राजस्व संकलन गरी कुल चार करोड ५२ लाख आठ हजार छ सय २६ रूपैयाँ संकलन भएको संरक्षण अधिकृत वाग्लेले जानकारी दिए।

निकुञ्जमा वनसम्बन्धी विभिन्न १२ र वन्यजन्तुसम्बन्धी २४ गरी ३६ मुद्दा दर्ता भएकोमध्ये चारवटा मुद्दा फैसला भएका छन्। बाँकी मुद्दा क्रमशः फैसला गरिँदै लगिने जनाइएको छ।

बर्दिया राष्ट्रिय निकुञ्जमा गतवर्ष स्वदेशी, विदेशी र सार्क मुलुकका गरी कुल २६ हजार एक सय ३१ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्। जसमध्ये नेपाली १८ हजार १०, विदेशी छ हजार छ सय ८४ र सार्क मुलुकका एक हजार चार सय ३७ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्। बर्दियामा पर्यटकले हात्ती, बाघ, गैँडालगायतका वन्यजन्तु अवलोकन गर्न मन पराउने ठाकुरद्वाराका पर्यटन व्यवसायी गोविन्द अधिकारी बताउँछन्।

पर्यटकले प्राकृतिक विविधतासँगै स्थानीय थारु संस्कृति, परम्परा, परिकार मन पराउने गर्छन्। जंगल ‘वाक’ तथा सफारी गर्दै घण्टौँ कुरेर विदेशी तथा स्वदेशी पर्यटकले निकुञ्जमा बाघ हेरेर फर्किने गरेको व्यवसायी अधिकारीले बताए। निकुञ्ज प्रवेश तथा जीप सफारी गर्दा निकुञ्जमा निश्चित दस्तुर बुझाउनुपर्छ। रासस


प्रकाशित : बुधबार, भदौ ५ २०८११५:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend