शनिबार, असोज ५ गते २०८१    
images
images

'सहकारीहरूले ब्याजदर घटाउनुपर्छ'

images
शुक्रबार, पुस २३ २०७८
images
images
'सहकारीहरूले ब्याजदर घटाउनुपर्छ'

सहकारीलाई राष्ट्रहित र जनहितका आधारमा सहकारी नीनि बनाउने गरी भिजन पेपर तयार भइरहेको छ।

images
images

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरूले पछिल्लो समय ऐनविपरीत बढाएको ब्याजदर घटाउनु पर्ने बताएकी छिन्। 

images
images
images

मन्त्री श्रेष्ठले सहकारीहरूले पछिल्लो समय सहकारी ऐन विपरीत ब्याजदर बढाएकाले सहकारीको मूल मर्मअनुसार जाने हो भने ब्याजदर घटाउनु पर्ने बताएकी हुन्। नेपाल सहकारी पत्रकार समाजको साधारणसभामा बोल्दै उनले सहकारीको ब्याजदर बढाउने शैली वैज्ञानिक नभएको बताइन्। 

मन्त्री श्रेष्ठले अहिलेको अवस्थामा ब्याजदर बढाउने नभइ सहकारीलाई परेको समस्या अन्य माध्यमबाट समाधान गर्नु पर्ने बताइन्। उनले सहकारीबाट तल्लो तहका जनता लाभान्वित हुने भएकाले तत्लो तहका जनताले सेवा पाउने गरी सहकारीहरूले काम गर्नुपर्ने बताइन्। 

मन्त्री श्रेष्ठले सरकारले सहकारीलाई राष्ट्रहित र जनहितका आधारमा सहकारी नीनि बनाउने गरी भिजन पेपर तयार भइरहेको पनि बताइन्।

images

'सरकारले सहकारीलाई राष्ट्रहित र जनहितका आधारमा सहकारी नीनि बनाउने गरी भिजन पेपर तयार पारिरहेको छ। केही दिनमा सार्वजनिक हुन्छ। मन्त्रालयले स्वास्थ्य समूहको हितमा नभई जनताको हितमा काम गर्ने गरी नीति बनाउने छ’ उनले भनिन्। 

मन्त्री श्रेष्ठले पछिल्लो समय सहकारीहरू वित्तीय सुशासनभन्दा बाहिर गएर तथा सहकारी ऐनभन्दा विपरित काम गरेकाले जनतासामु विस्वास गुमाउदै गएको बताइन्। उनले सहकारीहरूले लगानी गर्ने भन्दा पनि बचत तथा ऋणमा बढी हुने गरेको र सहकारीको सिद्दान्त अनुसार नचलेको बताइन्। केही सहकारीले बदमासी गर्दा सिङ्‍गो सहकारी क्षेत्रमा असर परेको उनले बताइन्। मन्त्री श्रेष्ठले अहिलेको अवस्थामा नयाँ सहकारी दर्ता भन्दा पनि भएका सहकारीलाई मजबुद र प्रभावकारी बनाउनु पर्ने बताइन्। उनले एकै घरमा धेरै बोर्ड राखेर धेरैवटा सहकारी बनाउन नहुने भन्दै सहकारीहरू पनि मर्जरमा जानु पर्ने बताइन्।

मन्त्री श्रेष्ठले सहकारीमा पछिल्लो समय देखिएका समस्या तथा गुनासोहरू नीतिको कारण भएको हो भने त्यस्ता समाधानको लागि सरकार तयार रहेकोसमेत बताइन्। 


प्रकाशित : शुक्रबार, पुस २३ २०७८११:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend