शुक्रबार, असोज ११ गते २०८१    
images
images

रेडपाण्डा संरक्षणमा दुई करोड बजेट खर्च गरिँदै

images
बुधबार, भदौ ५ २०८१
images
images
रेडपाण्डा संरक्षणमा दुई करोड बजेट खर्च गरिँदै

यस वर्ष पाथीभरा क्षेत्रमा वन्यजन्तुका लागि आकाशे पुल निर्माण गरिनेछ। त्यसले संरक्षणमा नयाँपन ल्याउने अपेक्षा गरिएको छ।

images
images

ताप्लेजुङ- संरक्षण क्षेत्रमा काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चले ताप्लेजुङमा चालु आर्थिक वर्षमा रेडपाण्डा संरक्षणमा झन्डै दुई करोड रूपैयाँ खर्चने योजना बनाएको छ। रेड पाण्डा संरक्षण गर्न सो बराबरको बजेट खर्च गर्न लागिएको हो।

images
images
images

हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार रेडपाण्डा नेटवर्कको सहयोगमा ४१ कार्यक्रम सञ्चालन गर्ने गरी एक करोड ९२ लाख ५५ हजार आठ सय ३३ रूपैयाँको बजेट विनियोजन गरिएको छ। यस बजेटले कर्मचारीको तलब, कार्यालय सञ्चालन, अनुसन्धान तथा अनुगमन, शिक्षा र जनचेतना, दिगो जीविकोपार्जन र पर्यापर्यटन प्रवर्द्धनजस्ता शीर्षकमा खर्च गरिनेछ।

हिमाली संरक्षण मञ्चले फुङलिङ नगरपालिका लगायतका क्षेत्रमा रेडपाण्डा संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। रेडपाण्डाको संरक्षणका लागि मञ्चले वन अभिभावकको पुनर्ताजकी तालिम, अनुगमन ब्लकको पुनःरेखांकन, नियमित अनुगमन, सामुदायिक वनमा चोरी-सिकारी तथा चोरी-निकासीको अनुगमन, आवश्यक उपकरण खरिद र रेडपाण्डा बुलेटिन प्रकाशन जस्ता कार्यक्रम पनि सञ्चालन गर्ने राईले बताए।

रेडपाण्डा संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्न मञ्चले प्रमुख रेडपाण्डा बासस्थान भएका क्षेत्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागु गर्ने योजना बनाएको छ। यसैगरी रेडपाण्डा संरक्षण पुरस्कार वितरण, सचेतना बोर्डको स्थापना, वृत्तचित्र निर्माण, पोस्टर र पम्प्लेट छपाइ तथा रेडपाण्डाको आहारका बिरुवा उत्पादन गर्न नर्सरी निर्माणजस्ता कार्य पनि गर्न लागिएको छ।

images

यस वर्ष पाथीभरा क्षेत्रमा वन्यजन्तुका लागि आकाशे पुल निर्माण गरिनेछ। त्यसले संरक्षणमा नयाँपन ल्याउने अपेक्षा गरिएको छ। मञ्चले यसका अतिरिक्त अल्लो कपडा बुनाइ, सिलाइ कटाइ र प्रविधि हस्तान्तरणका कार्यक्रम पनि अघि सारेको छ। गोठमा बस्नेहरूका लागि सोलार सेट वितरण, रेडपाण्डा बासस्थान व्यवस्थापन, बेसलाइन सर्वे र हिमालयन हाब्रे सेन्टरको थप व्यवस्थापनसमेत गरिने योजना छ।

जिल्ला समन्वय समिति प्रमुख तथा सल्लाहकार समिति अध्यक्ष छिरिङ लामाले दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षणका लागि सबै स्थानीय तहसँग सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। उनले संरक्षणको चुनौतीपूर्ण विषयलाई समन्वय र साझेदारीको माध्यमबाट समाधान गर्नुपर्ने आवश्यकता औँल्याए।

रेडपाण्डाको संरक्षण ताप्लेजुङको प्राकृतिक सम्पदाको संरक्षण मात्र होइन, यसले स्थानीय समुदायको जीविकोपार्जन र पर्यापर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। विसं २०७० मा भएको एक सर्भेअनुसार ताप्लेजुङमा एक सय ३४ रेडपाण्डा रहेको तथ्याङक हिमाली संरक्षण मञ्चसँग रहेको छ। रासस


प्रकाशित : बुधबार, भदौ ५ २०८११४:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend