आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

नागढुंगामा पहिरो खस्दा यातायात सेवा ठप्प

images
बुधबार, भदौ ५ २०८१
images
नागढुंगामा पहिरो खस्दा यातायात सेवा ठप्प
फाइल तस्बिर।

नागढुंगा चोकबाट केही मिटर पर नागमन्दिर नजिकै पहिरो खसेको हो। काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधान ठप्प छन्।

images
images

काठमाडौं- काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगामा पहिरो खस्दा अहिले सो क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको छ।

images
images
images

पहिरो खसेका कारण सडक आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

images
images

उनका अनुसार नागढुंगा चोकबाट केही मिटर पर नागमन्दिर नजिकै पहिरो खसेको हो। काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधान ठप्प छन्। अहिले सो क्षेत्रमा पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले यातायात सेवा ठप्प छ।

images
images

नागढुंगामा खटिएको प्रहरीले काठमाडौंबाट जाने सवारी साधन नागढुंगामै रोकेको छ भने आउने सवारीसाधान पिप्लामोडभन्दा तलै रोकेको छ। रासस


प्रकाशित : बुधबार, भदौ ५ २०८११४:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend