आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

दूध नपाउँदा चितवन मिल्क उद्योग चार महिनादेखि बन्द

images
बुधबार, भदौ ५ २०८१
images
दूध नपाउँदा चितवन मिल्क उद्योग चार महिनादेखि बन्द

एकपटक सञ्चालन गर्नका लागि कम्तीमा ४० हजार लिटर दूध आवश्यक पर्दछ। उद्योगले एक ‘सिफ्ट’मा एक लाख लिटर दूध प्रशोधन गर्न सक्छ।

images
images

चितवन- दुग्ध उत्पादक सहकारी संस्था र फर्महरुको दूध प्रशोधन गर्दै आएको चितवन मिल्क उद्योग चार महिनादेखि बन्द भएको छ। दूध नपाएपछि गएको बैशाखबाट उद्योग बन्द भएको हो।

images
images
images

उद्योगले दूध ल्याएर प्रशोधन गरी नौनी घ्यू (बटर) र धुलो दूध उत्पादन गर्दै आएको थियो। भरतपुर महानगरपालिका वडा नं १ ठिमुरामा उद्योग रहेको छ। उद्योगका प्रबन्धक दुर्गा पराजुलीले विभिन्न संघ संस्थालाई दूधका लागि आग्रह गरिएको भए पनि पाउन नसकिएको बताए।

images
images

एक पटक सञ्चालन गर्नका लागि कम्तीमा ४० हजार लिटर दूध आवश्यक पर्दछ। उद्योगले एक ‘सिफ्ट’मा एक लाख लिटर दूध प्रशोधन गर्न सक्छ।
 
सहकारी र फर्मले दूध नल्याएपछि आफैले दूध किनेर भए पनि मेसिन सञ्चालनका लागि उद्योग चलाउने योजनामा रहेको उनले बताए। गएको वर्ष यो मौसममा दूधको अभाव थिएन। अघिल्ला वर्षमा असार १५ बाट साउन मसान्तसम्म दूधको अभाव हुने भए पनि यो अवस्था नआएको पराजुली बताउँछन्।

images
images

उद्योगमा ३३ जना कर्मचारी रहेका छन्। उद्योग सञ्चालन नहुँदासमेत मासिक १५ लाख खर्च हुने पराजुली बताउँछन्।

गत वर्ष प्रशोधन सामग्री सम्बन्धित सहकारी र फर्मले नलगेपछि दुई पटक झण्डै दुई महिना भण्डारणको अभावमा उद्योग बन्द गर्नुपरेको थियो। अहिले ती सामग्री लैजाने क्रम जारी रहेको छ। केही महिनाभित्रमै सबै सामग्री खाली हुने उनको भनाइ छ।

उद्योगमा अहिले १५ किलोका आठ हजार ब्लक नौनी र तीन हजार पाँच सय बोरा धुलो दूध बाँकी छ। केही महिना अघिसम्म २२ हजार ब्लक नौनी र २४ हजार बोरा धुलो दूध रहेको थियो।

विसं २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ। प्रतिलिटर पाउडर दूधको एक सय १३ रूपैयाँ र घ्यू (बटर) को प्रतिकिलो ५५ रूपैयाँ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ।

विसं २०६४ मा स्थापना गरिएको उक्त उद्योग भूकम्पसँगै बन्द भएको थियो। रासस


प्रकाशित : बुधबार, भदौ ५ २०८११४:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend