शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

नेप्सेको सीईओका लागि ५ जना प्रारम्भिक छनोटमा, समितिले ३ जनाको नाम सिफारिस गर्ने

images
शुक्रबार, पुस २३ २०७८
images
नेप्सेको सीईओका लागि ५ जना प्रारम्भिक छनोटमा, समितिले ३ जनाको नाम सिफारिस गर्ने
images
images

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्स)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि पहिलो चरणमा पाँच जना छनोट भएका छन्। 

images
images
images

छनोट भएका उम्मेदवारमा रिब्दीकोट-७ पाल्पा निवासी कृष्णबहादुर कार्की, ललितपुर-२३ निवासी डा केशवप्रसाद श्रेष्ठ, शान्तिनगर झापा निवासी प्रविन पन्दाक, शिवसताक्षी झापा निवासी रमेश घिमिरे र आँटफैला नवलपरासी निवासी डा रमेशकुमार भण्डारी रहेका छन्।

images
images

सीईओ नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले प्राप्त आवेदकमध्येबाट शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको परीक्षणका आधारमा पाँच आवेदकलाई छनोट गरिएको समितिले जनाएको छ।

images
images

समितिले उल्लेखित उम्मेदवारबाट तीन जनाको नाम सिफारिस गर्नेछ र त्यसमध्ये मन्त्रिपरिषद्ले एक जनालाई चार वर्षका लागि नेप्सेको कार्यकारी अधिकृतमा छनोट गर्नेछ। 

समितिकाअनुसार छनोटमा परेका उम्मेदवारका लागि आगामी आइतबार व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको मिति तय गरिएको छ।

सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा नेप्सेका तत्कालीन सीईओ चन्द्रसिंह साउदले आफ्नो पदबाट राजीनामा दिएका थिए। त्यसपछि खाली रहेको पदमा नयाँ नियुक्त गर्न छनोट समिति बनाएर उम्मेदवारी माग गरिएको थियो। 


प्रकाशित : शुक्रबार, पुस २३ २०७८११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend