काठमाडौं- नेपालमा पनि ओमिक्रोनको संक्रमण बढ्न थालेपछि आपतकालीन रुपमा कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठक डाकिएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बसिरहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ जनामा ओमिक्रोन संक्रमण देखिएको जनाएको थियो। देशभरिबाट नमूना संकलन गरेर जिन सिक्वेन्सिङ गर्दा उनीहरुमा ओमिक्रोन संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
सोही विषयमा छलफल गर्न सीसीएमसीको बैठक बसेको बताइएको छ। बैठकले महत्पूर्ण निर्णय गर्ने बताइएको छ। बैठकले भेला तथा ठूलो समूहमा मानिसको जमघटलाई रोक्नेगरी निर्णय लिने बताइएको छ।