काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ठगहरू प्रवेश गरेर सहकारीलाई बदनाम गराएको बताएका छन्।
सहकारीको लक्षबाट विचलित गराउन ठगहरू छिरेको र यसबाट केही सहरकारी समस्यामा परेको उनको भनाइ छ।
सानो पुँजी परिचालन र सामूहिक प्रयासबाट ठूलो काम गर्ने सहकारी मोडलको अझै आवश्यकता रहेको र यसमा शुद्धीकरणको काम सरकारले गर्ने उनको भनाइ छ।
सानो पुँजी परिचालन गर्ने र बृहत् रोजगारी सिर्जना गर्ने अर्को मोड स्टार्टप रहेको उनको भनाइ छ। काठमाडौंमा आजदेखि सुरु भएको स्टार्टप नेसन २०३० सम्मेलनमा बोल्दै देशलाई नवीन सोच चाहिएको उनले बताए।
सरकारले नवीन सोचलाई प्रबर्द्धनका लागि पुँजी र नीतिगत प्रबन्धन गरिदिने उनको भनाइ छ।