काठमाडौं- अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारमा अनुचित गतिविधि हुन नपाउने बताएका छन्।
स्वभाविक रुपमा पारदर्शी बजार भएकाले यसमा कसैले पनि अनुचित गतिविधि गरेमा दण्डित गर्ने व्यवस्था रहेको र यसमा निगरानी बढाउन नियामकलाई सरकारले निर्देशन दिइसकेकको उनले बताए।
काठमाडौंमा आयोजित स्टार्टप नेसन २०३० सम्मेलनलाई सम्बोधन गर्दै पौडेलले अर्थतन्त्र बिस्तारै चलायमान हुँदै गएको बताए।
पछिल्लो समय सेयर बजारमा निकै उत्साह देखिएको तर सरकारको जोड दिगो विस्तारमा केन्द्रित रहेको उनको भनाइ छ।
सेयर बजारसँगै घर जग्गा, सरकारी खर्चमा वृद्धि देखिएको उनले बताए।