आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

निर्धारित राजस्व उठाउन नसकेपछि २७ अर्बले घटाइयो वीरगञ्ज भन्सारको राजस्व संकलनको लक्ष्य

images
बुधबार, भदौ ५ २०८१
images
निर्धारित राजस्व उठाउन नसकेपछि २७ अर्बले घटाइयो वीरगञ्ज भन्सारको राजस्व संकलनको लक्ष्य

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुबोधकुमार गुप्ताले भन्सार विभागले भन्सार कार्यालयलाई समयसापेक्षभन्दा पनि महत्वाकांक्षी लक्ष्य दिने परिपाटीको कारणले पनि लक्ष्यअनुसारको राजस्व संकलन नभएको बताए।

images
images

पर्सा- वीरगञ्ज भन्सार कार्यालयले दुई वर्षदेखि लक्ष्यअनुसारको राजस्व संकलन गर्न असफल भएसँगै भन्सार विभागले राजस्व संकलनको लक्ष्य घटाइदिएको छ।

images
images
images

भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई राजस्व संकलनको महत्वाकांक्षी लक्ष्य दिए पनि कार्यालयले लक्ष्यअनुसारको राजस्व भेट्टाउन सकिरहेको थिएन। विभागले आर्थिक वर्ष २०८०/८१ को तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ मा राजस्व संकलन गर्ने लक्ष्य २६ अर्ब ९२ करोड ८६ लाख ७२ हजार रूपैयाँले घटाइदिएको हो।

images
images

विभागले वीरगञ्ज भन्सार कार्यालयलाई आव २०८०/८१ मा दुई खर्ब ४५ अर्ब ८८ करोड ५० लाख ८२ हजार रूपैयाँ राजस्व संकलनको लक्ष्य निर्धारण गरेको थियो। तर, कार्यालयले गत आवमा मुस्किलले एक खर्ब ५७ अर्ब ४० करोड ३१ लाख २८ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो। विगतका वर्षमा लक्ष्य र संकलनबीच ठूलो अन्तर देखिएसँगै चालु आवमा राजस्व संकलनको लक्ष्य घटाइएको हो।

images
images

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुबोधकुमार गुप्ताले भन्सार विभागले भन्सार कार्यालयलाई समयसापेक्षभन्दा पनि महत्वाकांक्षी लक्ष्य दिने परिपाटीको कारणले पनि लक्ष्यअनुसारको राजस्व संकलन नभएको बताए।

'सरकारले आयात खुम्चिरहेको अवस्थामा महत्वाकांक्षी लक्ष्य राखेपछि कहिल्यै पनि लक्ष्यअनुसार भेट्टाउन सकिन्न', उनले भने, 'गत आव संकलन भएको राजस्वको १० देखि १५ प्रतिशत बढाएर लक्ष्य राख्ने हो भने सहजै लक्ष्य भेट्टाउन सकिन्थ्यो।'

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले भन्सार विभागले निर्धारित गरेअनुसारको राजस्व संकलन नभएसँगै राजस्व संकलनको लक्ष्य घटाइएको हुनसक्ने बताए। 

'विगत केही वर्ष यता लक्ष्यअनुसारको राजस्व संकलन हुन नसकेको यथार्थ हो। त्यसैले विभागले घटाएको होला', उनले भने, 'विभागले कार्यालयलाई चालु आव दुई खर्ब १८ अर्ब रूपैयाँको लक्ष्य निर्धारण गरेको छ।'

उनले विभागले चालु आवमा तोकिएको लक्ष्यअनुसार राजस्व संकलन गर्न कार्यालय सक्रिय भएर लाग्ने उल्लेख गरे।

कार्यालयले आव २०७९/८० मा दुई खर्ब ६० अर्ब ९७ करोड रूपैयाँ राजस्व संकलनको लक्ष्य पाएकामा ६० दशमलव २२ प्रतिशत अर्थात् एक खर्ब ५७ अर्ब १५ करोड ४९ लाख २२ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो। साथै आव २०७८/७९ मा भने लक्ष्यअनुसारको राजस्व संकलन गर्न सफल भएको थियो।

आव २०७८/७९ मा दुई खर्ब तीन अर्ब रूपैयाँ राजस्व संकलनको लक्ष्य रहेकामा १०० दशमलव ५४ प्रतिशत अर्थात् दुई खर्ब चार अर्ब १२ करोड रूपैयाँ राजस्व संकलन गरेको थियो। रासस


प्रकाशित : बुधबार, भदौ ५ २०८१११:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend