आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

तीनसय वर्ष पुरानो ‘ग्वलः दे फल्चा’ र ‘नरसिंह’ पाटी पुनःनिर्माण

images
मंगलबार, भदौ ४ २०८१
images
तीनसय वर्ष पुरानो ‘ग्वलः दे फल्चा’ र ‘नरसिंह’ पाटी पुनःनिर्माण

'वडा ८ मा रहेको तीन सय २४ वर्ष पुरानो नेपाल संवत् ८२० मा निर्माण भएको फल्चाको पुनः निर्माण नेपाल संवत् ८७३ मा भएको शिलापत्रमा उल्लेख छ। यस्तै ९० सालको भूकम्पभन्दा अगाडिसम्म रहेको फल्चासमेत पुनः निर्माण गरिएको हो।'

images
images

काठमाडौं- काठमाडौं महानगरपालिका-८ जयबागेश्वरी नवालीटोलमा रहेको तीन सय २४ वर्ष पुरानो ग्वलःदे फल्चा एवं भूकम्पले क्षति पुर्‍याएको ध्वाखा छें (नरसिंह) पाटीको पुनः निर्माण गरिएको छ।

images
images
images

आज आयोजित एक समारोहका बीच काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा-८ का वडाध्यक्ष आशामान संगत पुनःनिर्मित फल्चाको उद्घाटन गरे।

images
images

त्यस अवसरमा उनले काठमाडौं महानगरपालिकाभित्रका विभिन्न पाटी पौवा तथा इनारको पुनः निर्माणको काम अगाडि बढाइरहँदा आज नसिंह पाटी एवं ग्वलः दे फल्चा’ उद्घाटन गरिएको बताए।

images
images

'काठमाडौं महानगरपालिका-८ मा रहेको तीन सय २४ वर्ष पुरानो फल्चा एवं भूकम्पले भत्काएर भग्नावशेष मात्र बाँकी रहेको ध्वाखा छें (नरसिंह) पाटी उद्घाटन गरिएको हो', संयोजक संगतले भने,'वडा ८ मा रहेको तीन सय २४ वर्ष पुरानो नेपाल संवत् ८२० मा निर्माण भएको फल्चाको पुनः निर्माण नेपाल संवत् ८७३ मा भएको शिलापत्रमा उल्लेख छ। यस्तै ९० सालको भूकम्पभन्दा अगाडिसम्म रहेको फल्चासमेत पुनः निर्माण गरिएको हो।'

उनले ध्वाखा छें (नरसिंह) पाटी ३४ लाख र ‘ग्वलः दे फल्चा’ १५ लाखको लागतमा पुनः निर्माण गरिएको बताए।

हाल वडा नं ८ मा ग्वलः दे फल्चा पुनः निर्माण भइरहेको र रावण पाटी पनि पुनःनिर्माणका लागि भग्नावशेष भत्काउने काम अगाडि बढेकाले चाँडै पुनःनिर्माण गरिने महानगरले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, भदौ ४ २०८११८:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend