बिहीबार , वैशाख १३ गते २०८१    
images
images

भारतमा टाटाको कार बिक्री झण्डै दोबरले बढ्यो, नेपालमा कस्तो छ

images
images
images
भारतमा टाटाको कार बिक्री झण्डै दोबरले बढ्यो, नेपालमा कस्तो छ

२०२१ सम्म आइपुग्दा टाटा मोटर्सले भारतीय बजारमा मात्र ३ लाख ३१ हजार १ सय ८२ वटा कार बिक्री गरेको छ।

images
images

काठमाडौं- भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्स कमर्सियल सवारी उत्पादनबाट उदाएको कम्पनी हो। कमर्सियल (ट्रक, बसलगायत साना सवारी) सवारीका साथै टाटा मोटर्सले सन् १९९१ देखि प्यासेन्जर कार समेत उत्पादक थालेको थियो। सुरुवाती दिनमा टाटाले सुमो, इन्डिका, इन्डिगोलगायत मोडलका कार उत्पादन गरेको थियो।

images
images
images

समयक्रमसँगै टाटाले परिक्रित मोडलका कारहरु बजारमा ल्याउन थाल्यो। २०२१ सम्म आइपुग्दा टाटा मोटर्सले भारतीय बजारमा मात्र ३ लाख ३१ हजार १ सय ८२ वटा कार बिक्री गरेको छ। यो संख्या २०२० को तुलनामा करिब दोब्ब हो। २०२० मा टाटाले भारतमा २०२१ को भन्दा ९४.६ प्रतिशत कम अर्थात १ लाख ७० हजार १ सय ५१ वटा मात्र कार बिक्री गरेको थियो। 

images

२०२१ को कार बिक्री टाटाको प्यासेन्जर कार इतिहासमै सर्वाधिक कार बिक्री भएको वर्ष हो। यसका साथै मासिक हिसाबमा २०२१ को डिसेम्बरमा टाटाले हुन्डाईलाई उछिनेर दोस्रो सर्वाधिक कार बिक्रेता कम्पनी समेत बन्न सफल भएको हो।

images

योसँगै भारतमा प्यासेनजर कार बिक्री गर्ने कम्पनीहरुमा २०२१ मा टाटा तेस्रो स्थानमा पुग्न सफल भएको छ। यसअघि महिन्द्रा तेस्रो स्थानमा रहँदै आएको थियो। महिन्द्राले २०२१ म भारतमा करिब १ लाख ३० हजार मात्र कार बिक्री गरेको हो। 

images
images

टाटाले यतिधेरै कार बिक्री गर्नुमा उसको सबैभन्दा सफल मोडल नेक्सनको ठूलो हात रहेको छ। ग्लोबल एनक्याप सेफ्टी रेटिङमा फाइभ स्टार ल्याउन सफल टाटा नेक्सन २०२१ मा भारतमा १ लाख ८ हजार ५ सय ७७ वटा बिक्री भएको हो। नेक्सननै भारतमा टाटाको १ वर्षमा १ लाख वटा बिक्री हुने कार समेत बनेको छ। 

२०२१ मा टाटाका अन्य प्यासेन्जर कार अल्ट्रोज ६९ हजार ७ सय ७७ वटा, टियागो ६४ हजार ९ सय ४४ वटा, ह्यारियर २८ हजार ३८ वटा, पन्ज २२ हजार ५ सय ७१ वटा, टिगोर १८ हजार ९ सय वटा र सफारी १८ हजार ३ ५८ वटा बिक्री भएको तथ्यांक सार्वजनिक भएको छ। 

टाटाका प्यासेन्जर कार नेपाली बजारमा समेत लोकप्रिय हुँदै गएका छन्। टाटाको नेक्सन एसयूभी नेपालमा सबैभन्दा धेरै बिक्री हुने कम्प्याक्ट एसयूभीमा पर्छ। त्यस्तै केही महिनाअघि सार्वजनिक भएको नेक्सनको विद्युतीय भर्सनको माग समेत उल्लेख्य रहेको छ। 

टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका अनुसार नेक्सन इभीको बुकिङ ठूलो संख्यामा रहेको छ। भारतमै उल्लेख्य माग रहेको नेक्सन इभीको आपूर्ति कम हुँदा उपभोक्ता पर्खाइमा बस्नु पर्ने अवस्था रहेको कम्पनीले जनाएको छ। 

नेक्सनका साथै टाटाको टियागो, टिगोर, सफारी एचफाइभ (भारतमा ह्यारियर)को समेत बिक्री उल्लेख्य रुपमा बढ्दै गएको कम्पनीको भनाइ छ। नेपाली बजारमा कमर्सियलमा उल्लेख्य बजार हिस्सासहित १ नम्बरमा रहेको टाटा प्यासेन्जर कारमा समेत बलियो पकड बनाउन चाहन्छ। पछिल्लो समय टाटाका प्लासेन्जर कारका मोडलले उसको चाहनालाई मद्दत गरिरहेको छ। 

images

प्रकाशित : शुक्रबार, पुस २३ २०७८१०:१६

प्रतिक्रिया दिनुहोस