शनिबार, असोज १२ गते २०८१    
images
images

पहिरोले राष्ट्रिय राजमार्गका सात सडकखण्ड अवरुद्ध, २४४ सडक एकतर्फी सञ्चालन

images
मंगलबार, भदौ ४ २०८१
images
images
पहिरोले राष्ट्रिय राजमार्गका सात सडकखण्ड अवरुद्ध, २४४ सडक एकतर्फी सञ्चालन

मदनभण्डारी राजमार्गको प्यूठानस्थित एनएच जिरो नाइन सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ।

images
images

काठमाडौं- राष्ट्रिय राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सवारीसाधन आवतजावतमा समस्या उत्पन्न भएको छ।

images
images
images

सडक विभागले आज सार्वजनिक गरेको तथ्यांकअनुसार मुलुकभर पहिराका कारण राष्ट्रिय राजमार्गका सातवटा खण्ड अवरुद्ध भएका छन् भने दुई सय ४४ सडकखण्ड एकतर्फी रुपमा मात्रै सञ्चालनमा छन्।

मदनभण्डारी राजमार्गको प्यूठानस्थित एनएच जिरो नाइन सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ।

प्युठानस्थित गर्जेनीमा भालुवाङ-लिवाङ-रोल्पा-माडीचौर-दारबोट खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ। मोरङको चतरा-मुलघाट-माझीटार-अमापु डाँडा-गणेशचोक राजमार्गस्थित चतरा पुलदेखि बराहक्षेत्र जाने सडक खण्ड पनि पूर्णरुपमा अवरुद्ध हुँदा सवारी साधन आवतजावतमा समस्या परेको छ। 

images

यसैगरी सुर्खेत तल्लो ढुङ्गेश्वर-सातखब्बा-दुल्लु-पिपलकोट-खुलालु-मन्मा-नग्मा-जुम्ला राजमार्गको कालीकोटस्थित गाल्जे खण्ड पनि पूर्ण रुपमा नै अवरुद्ध भएको छ।

पुष्पलाल मध्यपहाडी लोकमार्गको पाँचथरस्थित यलम्बर सडकखण्ड पूर्ण अवरुद्ध भएको छ। यसैगरी तानसेन-रिडी-कोरला राजमार्गको गुल्मीस्थित अच्चेश्वर गुफा नजिकको सडकखण्ड र राप्ती राजमार्गको सल्यानस्थित चोरखोला सडक खण्डसमेत पूर्णरुपमा अवरुद्ध भएको सडक विभागको तथ्यांक रहेको छ।

भूगर्भविद् डा सुवोध ढकालले वर्षाका कारण माटो गलिसकेकाले हल्का वर्षा हुँदा समेत पहिरोको जोखिम बढी हुने भएकाले सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन्। 'अविरल वर्षाका कारण माटो गलाएको छ। अहिले त थोरै पानी पर्नासाथ पहिरो जान थालेको छ', उनले भने, 'त्यसैले अत्यावश्यक काममा मात्रै हिँड्डुल अनुरोध छ।' रासस


प्रकाशित : मंगलबार, भदौ ४ २०८११७:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend