आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

रेन्बो डिस्टिलरीले आईपीओ ल्याउँदै, ‘रोड टु आईपीओ’ सेवाका लागि एलिट क्यापिटलसँग सम्झौता

images
मंगलबार, भदौ ४ २०८१
images
रेन्बो डिस्टिलरीले आईपीओ ल्याउँदै, ‘रोड टु आईपीओ’ सेवाका लागि एलिट क्यापिटलसँग सम्झौता

शुक्रबार  भएको सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र रेन्बो डिस्टिलरीका अध्यक्ष मिनराज भुषालले हस्ताक्षर गरेका छन्।

images
images

काठमाडौं- मदिरा उत्पादक कम्पनी रेन्बो डिस्टिलरीले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ। १५ वर्षदेखि सञ्चालित यो उद्योगले पुँजी वृद्धिका लागि सर्वसाधारणलाई सेयर जारी गर्ने भएको हो। 

images
images
images

आईपीओ जारीका लागि आवश्यक सबै प्रक्रिया पूरा गर्ने ‘रोड टु आईपीओ’ सेवाका लागि एलिट क्यापिटलसँग सम्झौता गरेको छ। कर्पोरेट एडभाईजरी सेवा अन्तर्गत रोड टु आईपियो योजनासम्बन्धि सम्झौता दुई कम्पनीबीच भएको हो। शुक्रबार  भएको सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र रेन्बो डिस्टिलरीका अध्यक्ष मिनराज भुषालले हस्ताक्षर गरेका छन्। 

images
images

एलिट क्यापिटलले ‘रोड टु आईपीओ’ योजना अन्तर्गत स्टार्टअपदेखि पुराना कम्पनीहरूलाई समेत पव्लिक कम्पनीमा रुपान्तरण, पुँजी वृद्धि र व्यवसायिक प्रबर्द्धन परामर्श सेवा दिँदै आइरहेको छ । 

images
images

रेन्बो डिस्टिलरीले १० करोड चुक्तापुँजीलाई शतप्रतिशत बृद्धी गरी पव्लिक कम्पनीमा रुपान्तरण हुने जनाएको छ। एलिटले रेन्बोलाई चुक्ता पुँजीबृद्धि, व्यवसाय विस्तार, वित्तीय व्यवस्थापन र बजारीकरणका लागि समेत संस्थागत परामर्श सेवा उपलब्ध गराउने भएको छ । यस बाहेक आईपीओ निष्काशन प्रयोजनका लागि बिक्री प्रबन्धक र अण्डरराईटरको व्यवस्थापन पनि एलिट क्यापिटलले नै गर्ने सम्झौतामा उल्लेख छ ।

हाल १० करोड चुक्तापुँजी रहेको यस कम्पनीमा नयाँ लगानीकर्ता थपिएसँगै पुँजीबृद्धि गरी नयाँ प्लान्टमार्फत उत्पादन सुरू हुनेछ।  यसका लागि कम्पनीले आफ्नै जग्गामा नयाँ भवन र प्लान्ट समेत जडान गरिरहेको छ । 

रुपन्देहीको तिलोत्तमा १५ मा आफ्नै भवनमा रहेको कारखानामा यस कम्पनीले ५० यूपि र ७० यूपिका सोफी, स्मुच, ईडेन प्रिमियम, पिकनिक, अरेन्ज, पाईस, टकिला लगायत बिभिन्न ब्राण्डका २ दर्जन मदिरा उत्पादन गरिरहेको छ । 

हालसम्म नेपालको सेयर बजारमा मदिराजन्य उद्योग एउटा मात्र सूचीकृत भएको छ । 


प्रकाशित : मंगलबार, भदौ ४ २०८११४:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend