बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

नेपालीको उपभोग्य बास्केटमा धेरै मूल्यवृद्धि हुने मसला, घिउ तेलको घट्यो

बुधबार, भदौ ५ २०८१
नेपालीको उपभोग्य बास्केटमा धेरै मूल्यवृद्धि हुने मसला, घिउ तेलको घट्यो

मसलासँगै दोहोरो अंकको मूल्यवृद्धि कायम हुनेमा मनोरञ्जन तथा संस्कृति सेवा रहेको छ। त्यस्तै ९ प्रतिशतभन्दा माथिको मूल्यवृद्धि हुनेमा दाल, चिनी र अन्न र खाद्यान्न रहेको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार गएको आर्थिक वर्षको वार्षिक औसत मूल्यवृद्धि ५.४४ प्रतिशतमा सीमित भएको छ। यो पछिल्लो तीन वर्षकै न्यून बिन्दु हो। 

पछिल्लो समय उच्च मूल्यवृद्धि र न्यून खपतका कारण अर्थतन्त्रमा चरम दबाब सिर्जना भएको थियो। पछिल्ला केही महिनादेखि निरन्तर मूल्यवृद्धिमा राहत मिलेको थियो। यही कारण वार्षिक औ‍सत मूल्यवृद्धिमा राहत मिलेको हो। 

मूल्यवृद्धि मत्थर भएसँगै बैंकको ब्याजदर पनि सस्तिएको छ भने यसको प्रभाव अर्थतन्त्रका अन्य क्षेत्रमा देखिन थालेको छ। 

वार्षिक औसत उपभोक्ता मुद्रास्फ्रिति गत वर्षको तुलनामा मत्थर भएसँगै अधिकांश वस्तु तथा सेवाको पनि वृद्धिदर सीमित भएको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार गएको वर्ष मसलाको मूल्यवृद्धि आकाशिएको छ। २६ प्रतिशतले मसलाको मूल्यवृद्धि भएको छ। 

OhtO3-- (1).png

मसलासँगै दोहोरो अंकको मूल्यवृद्धि कायम हुनेमा मनोरञ्जन तथा संस्कृति सेवा रहेको छ। त्यस्तै ९ प्रतिशतभन्दा माथिको मूल्यवृद्धि हुनेमा दाल, चिनी र अन्न र खाद्यान्न रहेको छ। 

पाँच प्रतिशतभन्दा न्यून मूल्यवृद्धि कायम हुनेमा फर्निसिङ, कपडा तथा जुत्ता, स्वास्थ्य, माछामासु रहेका छन्। 

पछिल्ला केही वर्षदेखि मूल्यवृद्धिले रापले तातिएको घिउ तेलको मूल्यवृद्धि भने गत वर्ष घटेको छ। गत वर्ष घिउ तेलको मूल्य १० प्रतिशतले घटेको छ। त्यस्तै यातायात सेवाको मूल्य पनि घटेको छ। 

तेलनको आयात घटेकाले पनि मूल्यवृद्धिमा फरक पारेको देखिन्छ। पछिल्लो समय भारतमा तेल निर्यात घटेसँगै आयात पनि घटेको थियो। यसको प्रभाव मूल्यवृद्धिमा देखिएको हो। 

भारतको तुलनामा घट्न थाल्यो मूल्यवृद्धि

तीन वर्षदेखि निरन्तर भारतको तुलनामा नेपालमा मुल्यवृद्धि निरन्तर उच्च रहँदै आएको छ। गएको वर्षको औसत वार्षिक मूल्यवृद्धि भारतको तुलनामा नेपालमा ०.३४ प्रतिशत बिन्दुले उच्च रहेको छ।   

यसअघि २०७७/७८ भारतकोभन्दा नेपालमा २.३५ प्रतिशत बिन्दुले न्यून वार्षिक औसत मूल्यवृद्धि कायम भएको थियो। त्यसयता निरन्तर उच्च रहेको छ। 

तर गएको वर्षदेखि पछिल्ला महिनामा भने निरन्तर भारतको तुलनामा न्यून कायम भएको छ। गत वर्षको कात्तिकदेखि भारतको तुलनामा नेपालमा न्यून कायम हुँदै आएको छ। असारमा भने सीमान्त उच्च रहेको थियो। 

infla.png

नेपालको तुलनामा भारतमा न्यून मूल्यवृद्धि हुँदा नेपाली मुद्राको क्रयशक्ति प्रभावित हुन्छ। भारतीय मुद्रासँग स्थिर विनिमय दर भएपनि बजारको क्रयशक्ति तथा बजारको सुपथपन प्रभावित हुँदै आएको छ। 

विश्व बैंकले पछिल्लो समय निकालेको एक प्रतिवेदनले भारतको तुलनामा नेपालमा उच्च मूल्यवृद्धि हुँदा नेपाली मुद्राको अधिमूल्यण बढ्दै गएको उल्लेख गरेको छ। 

ऐतिहासिक रुपमा मूल्यको चरम प्रभाव छैन

vY9DE--.png

विश्वका समृद्ध अन्य कतिपय देशमा जस्तो मूल्यवृद्धिकै कारणले चरम दबाब भने खासै नेपालमा देखिएको छैन। अधिक मूल्यवृद्धिका कारणले अर्थतन्त्र नै असन्तुलित हुने जोखिम नेपालमा उत्पन्न भएको छैन। २०४८ सालमा भारुसँगको विनिमय दर चलाउँदा अधिक बिन्दुमा पुगेको मूल्यवृद्धि २०६५ सालमा भने उच्च बिन्दु छोएको थियो।

सीमित वस्तुको उत्पादन र उपभोग हुने र भारुसँगको स्थिर विनिमयदरका कारणले नेपालको मुद्रास्फ्रिति भारतीय बजारसँगै जोडिने कतिपयको भनाइ रहेको छ। अधिकांश वस्तुको आयात पनि भारतबाटै हुने भएकाले पनि यस्तो मूल्यको चाप धेरै देखिएको छैन। 


प्रकाशित : बुधबार, भदौ ५ २०८११३:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend