आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

मेची भन्सारको राजस्व वृद्धि, चालु आवको पहिलो महिनामा एक अर्ब २९ करोड संकलन

images
मंगलबार, भदौ ४ २०८१
images
मेची भन्सारको राजस्व वृद्धि, चालु आवको पहिलो महिनामा एक अर्ब २९ करोड संकलन

गत आव २०८०/८१ को सोही अवधिको तुलनामा यो साउनमा उठेको राजस्व १५ दशमलव ९३ प्रतिशतले बढी हो।

images
images

झापा- मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा एक अर्ब २९ करोड पाँच लाख ३९ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। गत आव २०८०/८१ को सोही अवधिको तुलनामा यो १५ दशमलव ९३ प्रतिशतले बढी हो।

images
images
images

मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार गत आवको साउनमा एक अर्ब ११ करोड ३२ लाख ३१ हजार रूपैयाँ राजस्व संकलन भएको थियो।

images
images

'मेची भन्सारबाट आयात १४ दशमलव ५४ प्रतिशतले बढ्दा निर्यात भने ३३ दशमलव ९८ प्रतिशतले घटेको छ', उनले भने, 'चालु आवको साउनमा तीन अर्ब ८९ करोड १० लाख ५८ हजार रूपैयाँ बराबरको मालवस्तु आयात हुँदा एक अर्ब ८० करोड ८२ लाख ९९ हजार रूपैयाँको निर्यात भएको छ।' 

images
images

मेची भन्सार कार्यालयको तथ्यांकअनुसार चिया, प्लाइड, भेनियर सिट, मोलासिसको निर्यात क्रमश. ३८ दशमलव ०८, ४३ दशमलव ४९, पाँच सय तीन दशमलव ९७ र सत प्रतिशतले बढ्दा अलैँची ८३ दशमलव २८, अदुवा आठ दशमलव ८६, अम्रिसो २१ दशमलव ८८, छुर्पी ७८ दशमलव ७८ प्रतिशतले घटेको छ।

त्यसैगरी आयाततर्फ पेट्रोल चार दशमलव ५८, डिजेल ११ दशमलव ८८, फलफूल ३८ दशमलव ४७ प्रतिशतले कमी आउँदा जुट १३ दशमलव ४६, एलपी ग्यास २७ दशमलव ३७, जिप्सम ६७ दशमलव ९५, मेसिनरी तथा पार्टपुर्जा ९६ दशमलव ५८, दलहन ६८ दशमलव ४९ र तरकारी एक सय ७७ दशमलव ६३ प्रतिशतले आयात वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, भदौ ४ २०८११३:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend