आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

प्राकृतिक विपद्‍मा परी ज्यान गुमाएका परिवारलाई कर्णाली प्रदेशद्वारा बीमाबापत ६ करोड ८८ लाख उपलब्ध

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ ४ २०८१
images
प्राकृतिक विपद्‍मा परी ज्यान गुमाएका परिवारलाई कर्णाली प्रदेशद्वारा बीमाबापत ६ करोड ८८ लाख उपलब्ध

गतवर्ष भूकम्पबाहेक अन्य विपद्मा परी मृत्यु भएका २० जनाका परिवारलाई ४० लाख बीमामार्फत भुक्तानी गरिएको छ।

images
images

सुर्खेत- कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्का घटनामा परी ज्यान गुमाएका परिवारलाई ६ करोड ८८ लाख रुपैयाँ राहत रकम उपलब्ध गराएको छ।

images
images
images

विसं २०७६ चैतदेखि साउन पहिलो साता २०८१ सम्म ३ सय ४४ पीडितपरिवारलाई प्रदेश सरकारले सामूहिक बीमाबापत ६ करोड ८८ लाख राहतस्वरूप उपलब्ध गराएको हो।

images
images

पहिलो चरणमा विभिन्न प्राकृतिक विपद्मा परी ज्यान गुमाएका ५९ जनाका परिवारलाई बीमावापत एक करोड १८ लाख रकम प्रदान गरिएको थियो। प्रतिव्यक्ति दुई लाखका दरले दोस्रो चरणमा ४७ जनालाई ९४ लाख, तेस्रो चरणमा ६६ जनालाई एक करोड ३२ लाख र चौथो चरणमा एक सय ७२ जनालाई तीन करोड ४४ लाख बीमा रकम प्रदान गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ। उक्त रकम राष्ट्रिय बीमा कम्पनीमार्फत उपलब्ध गराइएको हो।

images
images

मन्त्रालयले आव २०८०/८१ को साउनदेखि असार मसान्तसम्म भूकम्प, बाढी, पहिरो, चट्याङ, आगलागीजस्ता प्राकृतिक विपद्बाट मृत्यु भएका एक सय ७१ जनाका परिवारलाई तीन करोड ४२ लाख भुक्तानी गरेको छ।

विशेषगरी जाजरकोट भूकम्पमा परी मृत्यु भएका एक सय ५१ व्यक्तिका परिवारलाई दुई लाखका दरले तीन करोड बीमामार्फत भुक्तानी गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका विपद् व्यवस्थापन शाखाका प्रमुख कृष्णबहादुर रोकायाले जानकारी दिए। 

उनका अनुसार कागजी प्रक्रिया नमिलेका कारण जाजरकोट भूकम्पबाट मृत्यु भएका तीनजनाको रकम भुक्तानी प्रक्रियामा रहेको छ।

त्यसैगरी गतवर्ष भूकम्पबाहेक अन्य विपद्मा परी मृत्यु भएका २० जनाका परिवारलाई ४० लाख बीमामार्फत भुक्तानी गरिएको छ।

कर्णालीका १७ लाख व्यक्तिको विपद् सामूहिक दुर्घटना बीमा गरेअनुसार बीमा रकम उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, भदौ ४ २०८११०:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend