आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

पर्सामा चोरी तथा तस्करी गर्नेबाट २ हजार २ सय ९१ क्युफिट काठ बरामद

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ ४ २०८१
images
पर्सामा चोरी तथा तस्करी गर्नेबाट २ हजार २ सय ९१ क्युफिट काठ बरामद

कार्यालयले अवैध ढंगले दाउरा चोरी तस्करी गर्नेबाट पाँच सय क्यूफिट बराबरको दाउरा पनि बरामद गरेको छ। काठ दाउरा तस्करी गर्नेबाट १५ थान मोटरसाइकल पनि बरामद भएको छ।

images
images

पर्सा- डिभिजन वन कार्यालय पर्साले अवैध रुपमा काठको चोरी तथा तस्करी गर्नेबाट २ हजार २ सय ९१ क्युफिट काठ बरामद गरेको छ। कार्यालयले आर्थिक वर्ष २०७९/८० देखि २०८०/८१ सम्मको दुई वर्षको अवधिमा सो परिमाणको काठ बरामद गरेको हो।

images
images
images

डिभिजन वन कार्यालय पर्साका प्रमुख सुनिलकुमार कर्णले दुई आवमा अवैध रुपमा काठको चोरी तथा तस्करी गर्नेबाट २ हजार २ सय ९१ क्युफिट काठ बरामद गरेको जानकारी दिए।

images
images

'दुई आवमा वनपैदावार तथा वन्यजन्तु चोरी सिकारी गर्ने कार्यमा संलग्न भएका दुई सय २६ जनालाई पक्राउ गरेर मुद्दा अगाडि बढाएका छौँ,' उनले भने। 

images
images

कार्यालयले अवैध ढङ्गले दाउरा चोरी तस्करी गर्नेबाट पाँच सय क्यूफिट बराबरको दाउरा पनि बरामद गरेको छ।

डिभिजन वन कार्यालय पर्साले काठ दाउरा तस्करी गर्नेबाट १५ थान मोटरसाइकल पनि बरामद छ। कार्यालयले एक सय ४३ थान साइकल, ६ थान ट्याक्टर, ६ थान टायरगाडा, ४२ थान बन्चरो, २० थान काठ काट्ने आरा पनि बरामद गरेको छ। 

डिभिजन वन कार्यालयले आव २०७९/८० मा एक सय २६ वटा वन मुद्दा दायर गरेको थियो। जसमा १२० थान वनपैदावारसँग सम्बन्धित रहेका थिए। त्यस्तै ६ वटा मुद्दा भने वन्युजन्तु चोरी सिकारीसँग सम्बन्धित रहेको थियो। 

आव २०८०/८१ मा भने कार्यालयले ४२ वटा वन पैदावरसँग सम्बन्धित मुद्दा दायर रहेको छ। कार्यालय प्रमुख कर्णले चालु आवमा वनपैदावारसँग सम्बन्धित मुद्दालाई प्राथमिकतामा राखेर फस्र्यौट गर्ने बताए।

उनले भने, 'वनपैदावरसँग सम्बन्धित मुद्दाको आवश्यक कागजात सङ्कलन गर्ने प्रक्रिया अघि बढेको छ। त्यसैले अब वन पैदावारसँग सम्बन्धित मुद्दा मुद्दा फस्र्यौटले गति लिनेछ।' रासस


प्रकाशित : मंगलबार, भदौ ४ २०८११०:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend