शनिबार, असोज १२ गते २०८१    
images
images

एक वर्षमा तनहुँमा १७ किलोमिटर सडक कालोपत्र

images
सोमबार, भदौ ३ २०८१
images
images
एक वर्षमा तनहुँमा १७ किलोमिटर सडक कालोपत्र

गत आवमा १० दशमलव पाँच किमी कच्ची सडक निर्माण गर्ने लक्ष्य रहेकामा सात दशमलव छ किमी निर्माण भएको उनले जानकारी दिए।

images
images

तनहुँ- पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षमा १७ दशमलव सात किलोमिटर सडक कालोपत्र गरेको छ। कार्यालयले गत आर्थिक वर्षमा ३० किमी सडक कालोपत्र गर्ने लक्ष्य राखेकामा १७ दशमलव सात किमी कालोपत्र गरिएको जनाएको छ।

images
images
images

कार्यालय प्रमुख कृष्ण आचार्यका अनुसार आर्थिक वर्ष २०७९/८० मा ३७ दशमलव तीन किमी सडक कालोपत्र भएको थियो। गत आवमा १० दशमलव पाँच किमी कच्ची सडक निर्माण गर्ने लक्ष्य रहेकामा सात दशमलव छ किमी निर्माण भएको उनले जानकारी दिए। उनका अनुसार ४६ किमी ग्राभेल सडक निर्माण गर्ने लक्ष्य रहेकामा ३५ दशमलव दुई, २० किमी चौडाइ गर्ने लक्ष्य रहेकामा १३.२३, ३० किमी नाला निर्माण गर्ने लक्ष्य रहेकामा २४.८२ किमी नाला निर्माण भएको छ।

गत आवमा १९ हजार ३७ घनमिटर टेवा पर्खाल, छवटा कजवे, चारवटा सडक पुल निर्माण तथा चारवटा भवन मर्मत गरिएको आचार्यले जानकारी दिए। उनका अनुसार अघिल्लो आवमा २७.४ किमी कच्ची सडक, ८८.२५ किमी ग्राभेल, ३७.३ किमी कालोपत्र, ८९.२ किमी चौडाइ विस्तार र ११२.२५ किमी नाली निर्माण गरिएको थियो।

कार्यालयले गत आवमा १४ बहुवर्षीय योजना सम्पन्न गरेको प्रमुख आचार्यले जानकारी दिए। तीमध्ये दश सडक र चारवटा पुलको योजना रहेका थिए। त्यस्तै ३९ बहुवर्षीय योजना सम्पन्न हुन बाँकी छन्। आचार्यले आर्थिक वर्ष २०७९/८० मा सडकतर्फ २१, सडक पुलतर्फ पाँच योजना रहेकामा गत आवमा सडकतर्फ २०, सडक पुलतर्फ सात योजना थप भएका बताए। सडकतर्फ ३१, सडकपुलतर्फबाट आठ योजना सम्पन्न हुन बाँकी रहेको उनले जानकारी दिए।

images

सो अवधिमा सडकतर्फ एक अर्ब २५ करोड २९ लाख ८८ हजार रूपैयाँ बजेट रहेकामा एक अर्ब सात करोड पाँच लाख ९० हजार रूपैयाँ बजेट खर्च भएको छ। सडक पुलतर्फ २१ करोड ४२ लाख ७४ हजार रूपैयाँ बजेट रहेकामा १९ करोड ५७ लाख चार हजार रूपैयाँ बजेट खर्च भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।

सहरी विकास तथा भवनतर्फ ४० लाख तीन हजार रूपैयाँ बजेट रहेकामा ३० लाख तीन हजार रूपैयाँ, पुँजीगत अनुसन्धान तथा परामर्शमा एक करोड १५ लाख ६० हजार रूपैयाँ बजेट रहेकामा ६० लाख १२ हजार रूपैयाँ, जनता आवास कार्यक्रममा दश लाख बजेट रहेकामा ६६ हजार रूपैयाँमात्रै बजेट खर्च भएको छ।

विभिन्न सडक स्तरोन्नति

पूर्वाधार विकास कार्यालयका प्रमुख आचार्यले पसले फौजदारमार्ग स्तरोन्नतिमा ३२ लाख छ हजार रूपैयाँ, ल्होचाडाँडा कृषि पर्यटन सडकमा दुई करोड ७५ लाख ४६ हजार रूपैयाँ, कालिका मार्ग चिलाउने चौतारा हुँदै सुन्दरबजार जाने सडकमा एक करोड दुई लाख ९६ हजार, छाङ थर्पु मोटरमार्ग स्तरोन्नतिका लागि ५३ लाख ७६ हजार रूपैयाँ खर्च भएको जानकारी दिए।

उनका अनुसार तालघरे दुम्सीचौर पोख्रेलफाँट मार्गमा एक करोड ३३ लाख ८३ हजार, वाराही रानी मार्ग स्तरोन्नतिमा दुई करोड ५७ लाख ३२ हजार रूपैयाँ, कोटसडक कालीमार्ग सडकमा ८० लाख ६९ हजार रूपैयाँ खर्च भएको छ। 

भीमगोफा कृषि सडकमा ७१ लाख छ हजार रूपैयाँ, सालिग्राम कोरिडोर लोकमार्गमा नौ करोड एक लाख ७६ हजार रूपैयाँ, बरादी गिरानचौर हिलेखर्क सडकको डुम्रीडाँडा समस्तीपुर सडकखण्डमा ६५ लाख ८४ हजार रूपैयाँ, बुल्दीखोला पुल शेरा रामथुक्कीमा ६६ लाख २९ हजार रूपैयाँ, ब्याङ्दीखोला कल्भर्ट योजनामा ३२ लाख ४१ हजार रूपैयाँ, खहरेखोला सडक पुलका लागि दुई करोड ६५ लाख ६७ हजार रूपैयाँ र लुम्दीखोला पुलका लागि २५ लाख ८२ हजार रूपैयाँ बजेट खर्च भएको कार्यालय प्रमुख आचार्यले जानकारी दिए। रासस


प्रकाशित : सोमबार, भदौ ३ २०८११६:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend