आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

कर्णालीमा आइतबार बिहानदेखि विद्युत् अवरुद्ध

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ ३ २०८१
images
कर्णालीमा आइतबार बिहानदेखि विद्युत् अवरुद्ध

विद्युत् अवरुद्ध भएपछि कर्णालीमा नेपाल टेलिकमको नेटवर्क सेवा प्रभावित हुने गरेको छ। त्यसका कारण फोन सम्पर्क गर्नसमेत कठिनाइ हुन्छ।

images
images

सुर्खेत- गतआइतबार बिहानदेखि कर्णालीमा अवरुद्ध भएको विद्युत् सेवा आजसम्म पनि नियमित हुन सकेको छैन। कोहलपुर-सुर्खेतको प्रमुख ३३ केभी प्रसारण लाइन अवरुद्ध हुँदा समग्र कर्णाली विद्युत्विहीन बनेको हो।

images
images
images

विद्युत् प्राधिकरण सुर्खेत शाखाका अनुसार ३३ केभी प्रसारण लाइनको हर्रे र बबईको बीच खोलामा रूख ढलेर विद्युत्को खम्बामा पर्दा तार टुटेर लाइन अवरुद्ध भएको हो। त्यहाँ करिब छवटा खम्बाको तारमा क्षति पुगेको प्राधिकरणले जनाएको छ।

images
images

जङ्गलबीचमा रुख ढलेकाले प्राधिकरणका कर्मचारी आइतबार बिहानदेखि क्षतिग्रस्त ठाउँ खोज्न हिँडे पनि बेलुका ६ बजेतिर मात्र पत्ता लागेको र अहिले मर्मत गर्ने काम भइरहेको छ। विद्युत् अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ।

images
images

विद्युत् अवरुद्ध भएपछि कर्णालीमा नेपाल टेलिकमको नेटवर्क सेवा प्रभावित हुने गरेको छ। त्यसका कारण फोन सम्पर्क गर्नसमेत कठिनाइ हुन्छ। कर्णालीमा आइतबार बिहानदेखि ठूलो वर्षासमेत भइरहेको छ। मर्मत कार्य जारी रहे पनि हालसम्म विद्युत् सेवा सञ्चालन भएको छैन।

विद्युत नहुँदा कर्णालीका जाजरकोट, सुर्खेत, रुकुम पश्चिमका केही भाग, सल्यानका केही भाग, कालीकोट, जुम्ला, मुगु र दैलेखमा विद्युत् सेवा ठप्प भएको छ।

कर्णालीबाट प्रकाशित हुने पत्रपत्रिकादेखि रेडियोको प्रकाशन तथा प्रारणमा समेत अवरोध आएको भेरी मालिका दैनिक जाजरकोटका कार्यकारी सम्पादक रेशमबहादुर खड्काले बताए। रासस 


प्रकाशित : सोमबार, भदौ ३ २०८११५:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend