आइतबार, भदौ २३ गते २०८१    
images
images

पुसभित्रै रोयल्टीसँगै नवीकरण गर्न १० क्यासिनोलाई ताकेता

images
शुक्रबार, पुस २३ २०७८
images
images
पुसभित्रै रोयल्टीसँगै नवीकरण गर्न १० क्यासिनोलाई ताकेता

यी क्यासिनोहरुलाई २०७७/७८ को इजाजत पत्र नवीकरण दस्तुर र २०७८/७९ को लागि तोकिएको रोयल्टी रकम तथा इजाजत नवीकरण दस्तुर अविलम्ब दाखिला गर्न शुक्रबार सूचित गरेको हो। 

images
images

काठमाडौं- पर्यटन विभागले १० क्यासिनोलाई रोयल्टी रकम बुझाउन र नवीकरण गर्न ताकेता गरेको छ। विभागले नियमित रोयल्टी तिर्दै आएका र नवीकरण गर्दै आएका १० क्यासिनोलाई पुस मसान्तभित्र नवीरकणसहित रोयल्टी बुझाउन भनेको हो। 

images
images
images

सांग्रिला होटलाम रहेको एसएचएल म्यानेजमेन्ट सर्भिस, होटल टाइगर वन परिसर भैरहवामा रहेको एसएचएल म्यानेजमेन्ट सर्भिस, तारागाउँ रिजेन्सी होटलमा रहेको प्राइड इन्टरटेनमेन्ट, होटल डेला अन्नपूर्णमा रहेको एटलान्टिक रिक्रिएसन, मल्ल होटलमा रहेको बेल्लीज नेपाललाई रोयल्टी तिर्न र नवीकरण गर्न आउन विभागले भनेको हो। 

त्यसैगरि होटल म्यारियटमा रहेको डेल्टइन नेपाल, भ्यु होटल नेपालगञ्जमा रहेको ज्याकपट गेमिङ सेन्टर, इच्छा होटल सीमारामा रहेको स्माइल कलेक्सन, होलट सोल्टी नेपालगञ्जमा रहेको इम्पेरियल इन्टरटेनमेन्ट र सोल्टी होटल काठमाडौंमा रहेको माजोङ इन्टरटेनमेन्टलाई विभागले क्यासिनो नियमावलीअनुसार रोयल्टी बुझाउन र नवीकरण गर्न भनेको हो। 

यी क्यासिनोहरूलाई २०७७/७८ को इजाजत पत्र नवीकरण दस्तुर र २०७८/७९ को लागि तोकिएको रोयल्टी रकम तथा इजाजत नवीकरण दस्तुर अविलम्ब दाखिला गर्न शुक्रबार सूचित गरेको हो। 

images


प्रकाशित : शुक्रबार, पुस २३ २०७८०६:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend