आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

चालु आवको पहिलो महिनामा राजस्व कार्यालय भद्रपुरले उठायो ३० करोड २३ लाख राजस्व

images
सोमबार, भदौ ३ २०८१
images
चालु आवको पहिलो महिनामा राजस्व कार्यालय भद्रपुरले उठायो ३० करोड २३ लाख राजस्व

आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा ३० करोड २३ लाख रूपैयाँ राजस्व संकलन गरेको छ।

images
images

झापा- आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा ३० करोड २३ लाख २६ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। संकलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको सात दशमलव ५५ प्रतिशत हो।

images
images
images

आन्तरिक राजस्व कार्यालयको चालु आवमा चार अर्ब ६१ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको सूचना अधिकारी एंव कर अधिकृत भीमप्रसाद आचार्यले जानकारी दिए। 'साउनमा ३२ करोड ८७ लाख ८५ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ९१ दशमलव ९५ प्रतिशत राजस्व संकलन भयो, लक्ष्यअनुसार राजस्व संकलन भएन', उनले भने।

images
images

आन्तरिक राजस्व कार्यालयले साउनमा आयकरबाट आठ करोड ९१ लाख तीन हजार रूपैयाँ, ब्याजबापत दुई करोड ४० लाख ८७ हजार रूपैयाँ, मूल्य अभिवृद्धि करबापत ११ करोड ६५ लाख २९ हजार रूपैयाँ र अन्तःशुल्कबापत छ करोड ८९ लाख ३७ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

images
images

गत आव २०८०/८१ को पहिलो महिनामा २८ करोड ९६ लाख राजस्व संकलन भएको कर अधिकृत आचार्यले बताए। रासस


प्रकाशित : सोमबार, भदौ ३ २०८११३:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend