बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

भारतले थप २५१ मेगावाट बिजुली नेपालबाट खरिद गर्ने, दैनिक ९४१ मेगावाट बिजुली निर्यात हुँदै

images
सोमबार, भदौ ३ २०८१
images
images
भारतले थप २५१ मेगावाट बिजुली नेपालबाट खरिद गर्ने, दैनिक ९४१ मेगावाट बिजुली निर्यात हुँदै
images
images

काठमाडौं- भारतले नेपालबाट थप २५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ। नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत बिक्री सम्झौतामार्फत विद्युत निर्यात गर्ने भएको हो।

images
images

अन्तरदेशीय व्यापारअन्तर्गत १२ वटा आयोजनाको २५१ मेगावाट बिजुली खरिदका लागि स्वीकृत गरेसँगै बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौतामार्फत विद्युत् निर्यात हुने भएको छ। 

images
images

नेपालबाट हालसम्म जम्मा ६९० मेगावाट बिजुली दैनिक निर्यात भइरहेको थियो। जसमा १६ वटा परियोजनाबाट निर्यात हुँदै आएकोमा अब २८ वटा परियोजनाबाट ९४१ मेगावाट विद्युत् निर्यात हुनेछ।

images
images

नेपालले रामनगर-गण्डक, रक्सौल-परवानीपुर, कटैया-कुसाह र कटैया-कुसाह-२ गरेर चार अन्तरदेशीय प्रसारण लाइनबाट बिजुली भारतीय इनर्जी एक्सचेन्ज मार्केटमा पठाइने छ।  

गत वर्ष १६ अर्ब ९३ करोड रुपैयाँबराबरको विद्युत् बिक्री गरी आम्दानी गरेको प्राधिकरणले यो वर्ष २५ अर्ब रुपैयाँको निर्यात गर्ने लक्ष्य राखेको छ। नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बिक्री गर्ने सम्झौता भइसकेको छ। 

बंगलादेशलाई ४० मेगावाट विद्युत् बिक्री गर्ने सम्झौता टुंगो लागेता पनि बंगालदेशमा जारी संकटले निर्यात हुन सकेको छैन। गत साउन १३ गते हस्ताक्षर गर्ने योजना भएपनि सम्झौत नहुँदा निर्यात हुन सकेको छैन। 

हाल जडित क्षमता ३१ सय मेगावाट पुगिसकेकाे छ। नेपालमा पिक आवरमा १९ सय मेगावाटसम्म खर्च हुने गरेकाे छ। साेही कारण पनि नेपाललले दैनिक १२ सय मेगावाटसम्म बिजुली भारत निर्यात गर्नसक्ने छ। 

अन्तरदेशीय व्यापार हेतु भारतको तोकिएको प्राधिकरणले नेपालका १२ वटा जलविद्युत परियोजनाहरूबाट थप २५१ मेगावाट विद्युत निर्यातका लागि स्वीकृत गरेको हो।

सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट भारततर्फ ३९ मेगावाट विद्युत निर्यातका लागि अनुमति दिएको थियो। तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणाभन्दा बढीले बढेको छ।

इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरी नेपालले पहिलो पटक ऊर्जा निर्यात सुरु गरेको थियो। त्यसयता भारतले रियल टाइम मार्केटमा समेत पहुँच प्रदान गरेको छ। नेपाल विद्युत प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत बिक्री सम्झौता पनि गरेको छ।

भारतले भारतका खरिदकर्ताहरूका लागि जलविद्युत खरिद दायित्व (एचपीओ) को एक हिस्साको रुपमा नेपालबाट हुने जलविद्युत आयात गणना गर्ने प्रावधान पनि खोलेको छ, जसले खरिदकर्ताहरूलाई नेपालबाट विद्युत खरिद गर्न प्रोत्साहित गर्दछ।

नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बिक्री गर्ने परिकल्पना गरेको छ। नेपाल अब दक्षिण एसिया क्षेत्रकै प्रमुख जलविद्युत निर्यातकर्ता बन्ने बाटोमा छ।


प्रकाशित : सोमबार, भदौ ३ २०८११३:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend