आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

प्रयोगविहीन हुँदा जीर्ण बन्दै २८ करोडभन्दा बढी रकम खर्चिएर बनाइएको ‘होल्डिङ सेन्टर’

images
सोमबार, भदौ ३ २०८१
images
प्रयोगविहीन हुँदा जीर्ण बन्दै २८ करोडभन्दा बढी रकम खर्चिएर बनाइएको ‘होल्डिङ सेन्टर’
फाइल तस्बिर

निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि स्वामित्व हस्तान्तरण हुन नसक्दा प्रयोगविहीन बनेको कैलालीका प्रजिअ धर्मेन्द्रकुमार मिश्रले बताए।

images
images

कैलाली- कोरोना महामारीका बेला संघीय सरकारले भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ।

images
images
images

दुई वर्षअगाडि धनगढी उपमहानगरपालिका-३ बडहरामा निर्माण गरिएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन भएको हो।

images
images

विसं २०७८ बैशाखमा २८ करोड ८१ लाख रूपैयाँ लागतमा निर्माण सुरु भएको उक्त होल्डिङ सेन्टर २०७९ साउनमा सम्पन्न भएको थियो। निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि स्वामित्व हस्तान्तरण हुन नसक्दा प्रयोगविहीन बनेको कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए।

images
images

उनले भने, 'होल्डिङ सेन्टरको स्वामित्व संघ, प्रदेश वा स्थानीय सरकार कसले लिने भन्ने अहिलेसम्म केही निर्णय भएको छैन। एक पटक रक्षा मन्त्रालयको पहलमा स्वामित्व कसले लिने र सञ्चालन गर्ने भनेर समिति गठन भएको थियो। सोबारे भएका छलफल वा निर्णय हालसम्म स्थानीय प्रशासनलाई जानकारी छैन।'

प्रजिअ मिश्रले नेपाली सेनाद्वारा निर्मित उक्त सेन्टर सञ्चालनको ढाँचा र जिम्मेवारी रक्षा मन्त्रालयबाट आउनुपर्नेमा हालसम्म नआउँदा स्वामित्व हस्तान्तरण हुन नसकेको बताए। उनका अनुसार एक हजार क्षमताको होल्डिङ सेन्टरमा ५९ ब्लक, २० क्वारेन्टिन, दुई चिकित्सक कक्ष, २२ शौचालय तथा १५ वटा भान्सा कोठा निर्माण गरिएका छन्।

होल्डिङ सेन्टरको हाल नेपाली सेनाले नै रेखदेख गरिरहेको प्रजिअ मिश्रले जानकारी दिए। रासस


प्रकाशित : सोमबार, भदौ ३ २०८११२:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend