बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

विस्तार हुँदैछ मधेश प्रदेशको विद्युतीय संरचना, समाधान हुनेछ छिनछिनमै बत्ती जाने समस्या

images
मंगलबार, भदौ ४ २०८१
images
images
विस्तार हुँदैछ मधेश प्रदेशको विद्युतीय संरचना, समाधान हुनेछ छिनछिनमै बत्ती जाने समस्या

१० वर्षयता मागअनुसारको विद्युतीय संरचना विस्तार नभएको र समयको मागअनुसार विद्युतीय लोड थपिँदै गएको छ।

images
images

वीरगञ्ज- लामो समयदेखि विद्युतीय संरचनाको विस्तार नहुँदा समस्या भोग्दै आएका मधेश प्रदेशका आम उपभोक्तालाई आउने दिनमा राहत मिल्ने भएको छ।

images
images

नेपाल विद्युत प्राधिकरण ग्रामीण विद्युतीकरण तथा प्रणाली सुदृढीकरण परियोजनाअन्तर्गत मधेश प्रदेशको पर्सादेखि सप्तरीसम्म ८ वटै जिल्लामा द्रुत गतिमा विद्युतीय संरचना विस्तारको काम अगाडि बढिरहेको छ।

images
images

भारतको टाटा प्रोजेक्ट लिमिटेडले ठेक्का सकार गरी विभिन्न ५ लटमा परियोजनाको काम अगाडि बढाइरहेको बताइएको छ। जसमा ४ सय ८० करोड रुपैयाँ लगानी हुने छ। 

images
images

यस परियोजनाअन्तर्गत सबस्टेसन (पावरहाउस) निर्माण, ट्रान्सफर्मर इन्टरनेसनल, पोल, तार विस्तारलगायतका कामहरू अगाडि बढिरहेको नेपाल विद्युत प्रधिकरण ग्रामीण विद्युतीकरण तथा प्रणाली सुदृढीकरण परियोजनाका प्रमुख अमित भगतले जानकारी दिए। 

भगतका अनुसार यस परियोजनाअन्तर्गत मधेश प्रदेशभर १० वटा थप नयाँ सबस्टेसनहरू निर्माण कार्य अघि बढिरहेको छ। पर्साको बहुअरी पिडारी, रौतहटको मानपुर, महोत्तरीको बर्दीवास र मनरा, धनुषाको महेन्द्रनगर र वीरेन्द्र बजार, सिरहाको सिरहा, नगराइन, लहान तथा सप्तरीमा गरी १० वटा सबस्टेसन निर्माणको काम जारी रहेको छ।

पाँचवटै लटमा गरी मधेश प्रदेशको ८ वटै जिल्लामा ३३ हजार केभी करेन्ट प्रवाह भएको ३ सय किलोमिटर, ११ हजार केभी करेन्ट प्रवाह भएको ९ सय किलोमिटर र ४ सय केभी करेन्ट प्रवाह भएको एक हजार किलोमिटर गरी कुल २ हजार ३ सय किलोमिटर नयाँ लाइन विस्तारको काम भइरहेको छ।

bijuli - madhes3.jpg

‘अहिले सबै ठाउँमा पोल गाडिसकिएको छ, विवादितबाहेक अधिकांश ठाउँमा पोलमा तार तान्ने काम समेत सकिसकेको छ,’ उनले भने, ‘विवादित ठाउँको पनि विवाद समाधान गरेर तार तान्ने काम भइरहेका छन्।’

स्थानीयले कुरा नबुझेर विवाद झिक्दा निर्धारित समयमा परियोजनाको काम सम्पन्न गर्न नसकिएको उनको भनाइ छ। 

अहिले १ र २ लटको काम संयुक्तरुपमा अगाडि बढिरहेको छ। यसमा पीएसएस पावर सबस्टेसन निर्माण, ३३ हजार केभी ओभरहेड, अन्डरग्राउण्ड तार विस्तारको काम द्रुत गतिमा भइरहेको छ। २ सय ७५ किलोमिटर सर्किटमा निर्माण कार्य भइरहेको दुवै लटभित्र बजार क्षेत्र र साँघुरो बस्ती क्षेत्रमा गरी २५ किलोमिटर भूमिगत विद्युतीय लाइन विस्तार गरिने छ।

यी दुवै लटको काम पूरा गर्न करिब २ सय करोडको लगानी भएको परियोजना प्रमुख भगतले जानकारी दिए। ठेक्का प्रक्रिया पूरा भइ सन् २०२१ देखि विस्तारको काम सुरु भएको थियो।

bijuli - madhes2.jpg

सन् २०२४ जनवरीसम्ममा आयोजनाको काम सम्पन्न भइसक्नुपर्ने हो। तर विभिन्न बाधा अवरोधको कारण समयमा काम गर्न नसकेको ठेकेदार कम्पनीलाई काम सम्पन्न गर्न सन २०२४ सेप्टेम्बरसम्मको लागि म्याद थप गरिएको परियोजना प्रमुख भगतको भनाइ छ। 

मधेश प्रदेशमै ८० प्रतिशत लोड 

परियोजनाको काम सम्पन्न भइ विस्तार गरिएको रुटमा बिजुली प्रवाह गर्दा मधेश प्रदेशमा हुँदै आएको भोल्टेज कमीको समस्या समाधान हुनेछ।

समयमा विद्युतीय संरचनाको विस्तार हुन नसक्दा अहिले मधेश प्रदेशभरीमा बिजुलीको मागअनुसार ८० प्रतिशत लोड बढेको भगतले जानकारी दिए। हरेक वर्ष मधेश प्रदेशमा १२ प्रतिशतको दरले लोड थपिँदै गएको उनको भनाइ छ।

१० वर्षयता मागअनुसारको विद्युतीय संरचना विस्तार नभएको र समयको मागअनुसार विद्युतीय लोड थपिँदै गएको छ।

एउटा पंखाले काम चलाइरहेका परिवारमा अहिले ४/४ वटा पंखा, एसी, फ्रिज, कुलर, विद्युतीय चुल्हो, हिटर, वासिङ मेसिन, ठूल्ठूला एलसीडी, एलईडी टिभी, इन्भर्टरलगायतका विद्युतीय उपकरण जडान भएका छन्।

कृषि र औद्योगिक लोड पनि थपिएको छ। लोडअनुसारको विद्युत आपूर्ति हुन नसक्दा प्रदेशभरिमै भोल्टेज कम र छिनछिनमै बत्ती जाने-आउने समस्या बढेको उनको भनाइ छ।   


प्रकाशित : मंगलबार, भदौ ४ २०८१११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend