आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

images
सोमबार, भदौ ३ २०८१
images
पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

पटक-पटक पहिरोका कारण अवरुद्ध हुने लोकमार्गमा छोटो दुरीका सवारीसाधन पनि सञ्चालन हुन नसक्दा यात्रुले सास्ती भोग्नुपरेको छ।

images
images

दार्चुला- गएराति परेको वर्षाका कारण पहिरोले महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर-खलंगा सडक अवरुद्ध बनेको छ।

images
images
images

लोकमार्गको कठपते नक्तड, पनेबाज, ऐरिछाना र मालिकार्जुन गाउँपालिकाको धामीगाडामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो। सडक अवरुद्धहुँदा  जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधन सडकमै रोकिएका छन्।

images
images

दार्चुलाबाट महेन्द्रनगर, काठमाडौं आउने दिवा तथा रात्रिसेवाका बस सडक अवरुद्ध भएपछि बाटोमै रोकिएका हुन्। पटक-पटक पहिरोका कारण अवरुद्ध हुने लोकमार्गमा छोटो दुरीका सवारीसाधन पनि सञ्चालन हुन नसक्दा यात्रुले सास्ती भोग्नुपरेको छ।

images
images

आज बिहानदेखि डिभिजन सडक बैतडी पाटनको जेसिबीले पहिरो पन्छाइरहे पनि ठाउँठाउँमा पहिरो खसिरहेकाले एउटा मात्र जेसिबीले पन्छाउन केही समय लाग्ने सडक विभागका सुपरभाइजर राजेन्द्रसिंह धामीले जानकारी दिए। रासस


प्रकाशित : सोमबार, भदौ ३ २०८११०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend