काठमाडौं- साताको अन्तिम दिन सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ। बिहीबार नेपाली बजारमा ९२ हजार ३ सय रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारका लागि ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि बिहीबारको तुलनामा शुक्रबार तोलामा १० रुपैयाँ घटेको छ। शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय २५ रपैयाँ तोकिएको छ। बिहीबार चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भएको नेपाल सनुचाँदी व्यवसायी महासंघले जनाएको छ।