शनिबार, असोज १२ गते २०८१    
images
images

जलस्रोत विधेयकमाथि १५७ वटा संशोधन प्रस्ताव, समितिमा थालियो छलफल

images
आइतबार, भदौ २ २०८१
images
images
जलस्रोत विधेयकमाथि १५७ वटा संशोधन प्रस्ताव, समितिमा थालियो छलफल

तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले गत जेठ ३१ गते सो विधेयक संघीय संसद्‌मा दर्ता गराएका थिए।

images
images

काठमाडौं- संघीय संसद्को पूर्वाधार विकास समितिमा ‘जलस्रोतसम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न विधेयक’ माथिको छलफल सुरु भएको छ।

images
images
images

समितिको आजको बैठकमा विधेयकमाथि संशोधन राखेका सांसदसँग छलफल सुरु गरिएको सभापति दीपकहादुर सिंहले जानकारी दिए।

तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले गत जेठ ३१ गते सो विधेयक संघीय संसद्‌मा दर्ता गराएका थिए। प्रतिनिधिसभामा गत असार १७ गते सामान्य छलफल गरी असार २५ गते दफावार छलफलका लागि समितिमा पठाइएको थियो।

विधेयकमाथि सांसदले कुल एक सय ५७ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन्। विधेयकमाथि प्राप्त भएका संशोधन प्रस्तावलाई क्रमैसँग छलफल गरी टुंगोमा पुर्‍याउने लक्ष्यका साथ समितिले छलफल थालेको हो।

images

नेपालको संविधानको धारा ५१ बमोजिम प्राकृतिक स्रोत एवम् साधनको संरक्षण, समृद्धि र उपयोगसम्बन्धी नीतिको  कार्यान्वयनका लागि कानूनी तथा संस्थागत व्यवस्था गर्ने सो विधेयकको उद्देश्य छ।

यस्तै, सतह तथा भूमिगत जलस्रोतको उपयोग, विकास तथा संरक्षण गर्न, एकीकृत जलस्रोत विकासको सिद्धान्तलाई कार्यान्वयन गर्न, जलस्रोतको संरक्षण, गणुस्तर नियन्त्रण तथा प्रदूषण नियमनलाई प्रभावकारी बनाउने उद्देश्य छ।

यस्तै, जलस्रोतसम्बन्धी सूचना तथा तथ्यांकलाई आधुनिक, व्यवस्थित तथा वैज्ञानिक बनाउने विधेयकको उद्देश्य छ। जलस्रोतको बहुउद्देश्यीय उपयोगलाइ दिगो, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्य राखेर विधेयक पेस गरिएको हो। रासस


प्रकाशित : आइतबार, भदौ २ २०८११८:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend