आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

अख्तियार क्षेत्राधिकारमा निजी क्षेत्रको चासो, सांसदहरूसँग महासंघको अन्तरक्रिया

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २ २०८१
images
अख्तियार क्षेत्राधिकारमा निजी क्षेत्रको चासो, सांसदहरूसँग महासंघको अन्तरक्रिया

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले देशमा रोजगरी सिर्जना तथा आर्थिक विकासका लागि निजी क्षेत्रलाई प्रवर्द्धन गर्नुपर्नेमा कतिपय कानूनी सुधारका प्रस्ताव प्रतिगामी बाटोतिर अग्रसर रहेको बताए।

images
images

काठमाडौं- सरकारले अघि बढाएका विधेयकप्रति निजी क्षेत्रले चासो राखेको छ। उद्योग वाणिज्य महासंघले नयाँ कानून निर्माणप्रति गम्भीर चासो राखेको छ। 

images
images
images

भ्रष्टाचार सम्बन्धि कानून संशोधनमा विशेष चासो रहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार बढाएर निजी क्षेत्रमा पनि प्रवेश गर्न पाउनुपर्ने कुरामा व्यवसायीहरूले विरोध जनाउँदै आएका छन्। 

images
images

योसँगै शिक्षासम्बन्धीको ऐनबाट निजी लगानी रोक्न खोजेको तथा राज्यका नियमनकारी निकायमा निजी क्षेत्रको कटौतीको विषयमा पनि निजी क्षेत्रले चासो राखेको छ। यी सै विषयमा महासंघले सांसदहरूसँग अन्तरक्रिया गरेको छ। 

images
images

नेपाल उद्योग वाणिज्य महासंघले आइतबार सांसदहरूसहितको अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो। उक्त कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई अझै प्रवर्द्धन गर्नुपर्नेमा नयाँ कानूनी व्यवस्था उल्टोतिर गएको भान भएको बताए।

अध्यक्ष ढकालले देशमा रोजगारी सिर्जना तथा आर्थिक विकासका लागि निजी क्षेत्रलाई प्रवर्द्धन गर्नुपर्नेमा कतिपय कानूनी सुधारका प्रस्ताव प्रतिगामी बाटोतिर अग्रसर रहेको बताए। 

केही दशक पहिले नेपालकै जस्तो अवस्था रहेका देशले निजी क्षेत्रलाई नै प्रगति गरेर आज समृद्धि हासिल गरेको कुरा नेपालले पाठ सिक्नुपर्ने बताए। 

कार्यक्रममा कानूनी, व्यावसायिक पाटोबारे विज्ञहरूले प्रस्तुति दिएका थिए।

त्यस्तै व्यवसयी तथा सांसदहरूले पनि आफ्नो धारणा राखेका थिए। 


प्रकाशित : आइतबार, भदौ २ २०८११८:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend