शनिबार, असोज १२ गते २०८१    
images
images

अर्थतन्त्रमा खराब लयको सकारात्मक पाटो : सात वर्षपछि चालु खाता बचतमा

images
सोमबार, भदौ ३ २०८१
images
images
अर्थतन्त्रमा खराब लयको सकारात्मक पाटो : सात वर्षपछि चालु खाता बचतमा

चालु खातामा गत वर्ष सुधार देखिएपनि आर्थिक क्षमता बढेरभन्दा पनि आन्तरिक बजारको शिथिलताका कारणले सिर्जना भएको परिणाम हो। यही अवस्थामा रमाउनेभन्दा पनि यसलाई कसरी दिगो बनाउने भनेर सोच्नुपर्ने अर्थशास्त्रीहरूले बताउँदै आएका छन्।

images
images

काठमाडौं- पछिल्लो दुई वर्षदेखि नेपालको अर्थतन्त्र चरम दबाबमा रहेको छ। आन्तरिक गतिविधिदेखि बाह्य क्षेत्रको निरन्तर दबाबले सार्वजनिक वित्त नै थिलथिलो भइसकेको छ।

images
images
images

अर्थतन्त्रको समग्र खराब लय गत वर्षसम्म पनि जारी रहेको थियो। यद्यपि बजारले अझै पनि सुविधाजनक स्थानको संकेत देखाएको छैन। तर यही खराब लयको एउटा सकारात्मक पाटो भने देखिएको छ। 

पछिल्लो ६ वर्षदेखि निरन्तर घाटामा रहेको चालु खाता आर्थिक वर्ष २०८०/८१ मा बचतमा गएको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत वर्ष चालु खाता २ खर्ब २१ अर्बले बचतमा रहेको छ। 

बाह्य क्षेत्र असन्तुलनको जोखिम संकेत बनिरहेको चालु खाता पछिल्लो ६ वर्षदेखि निरन्तर घाटामा रहेको थियो। आर्थिक वर्ष २०७३/७४ मा १ खर्ब ४० अर्ब रुपैयाँले चालु खाता बचतमा रहेको थियो। त्यसपछि निरन्तर घाटामा गएको चालु खाता गत वर्ष बचतमा गएको हो। 

images

चालु खाता बचतमा जानुको मुख्य कारण अर्थतन्त्रमा सुधार भएर भने होइन, अर्थतन्त्रका अन्य क्षेत्रमा देखिएको शिथिलताका कारण यस्तो परिणाम आएको हो। न्यून मागका कारणले व्यापार सुस्त हुनु हो। त्यही कारणले गर्दा आयात घटेको छ तर यही अवधिमा रेमिट्यान्समा सुधार भइरहेको छ। पछिल्लो समय मासिक एक खर्बमाथिको रेमिट्यान्स आइरहेको छ। यही कारणले चालु खाता बचतमा रहेको छ। 

गत वर्षमात्र १४ खर्ब ४५ अर्बभन्दा धेरै रेमिट्यान्स देशमा भित्रिसकेको छ। पछिल्लो समय निरन्तर आयात घट्ने र रेमिट्यान्स बढ्ने भइरहेको छ। 

समग्र अर्थतन्त्र शिथिल हुने अर्कोतिर रेमिट्यान्स निरन्तर वृद्धि हुँदा त्यसको प्रभाव चालु खातामा देखिएको हो।

रेमिट्यान्स चालु खाता घाटाको सम्बन्ध कस्तो देखिन्छ? 

पछिल्लो ६ वर्षदेखि नेपालको चालु खाता निरन्तर घाटामा रहेको थियो। निरन्तर ६ वर्षको घाटा नेपाली अर्थतन्त्रले २०५८ सालपछि ब्यहोरेको हो। देशले वर्षभरमा वस्तु तथा सेवाको निर्यातबाट गर्ने आम्दानी र त्यसबापत भुक्तानी गर्ने रकमको अन्तर ऋणात्मक हुँदा घाटा हुन्छ। 

आर्थिक वर्ष २०५६/५७ भन्दा अघिको २६ वर्षमा नेपालको चालु खाता निरन्तर घाटामा थियो। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार त्यो अवधिमा जम्मा चार वर्षमात्र चालु खाता बचतमा रहेको थियो। आर्थिक वर्ष २०५७/५८ देखि भने अवस्था फेरियो। त्यसपछिका १६ वर्षमा जम्मा ३ वर्षमात्र चालु खाता ऋणात्मक भएको थियो। अर्थात् १६ वर्षमध्ये १३ वर्षसम्म मुलुकको वस्तु तथा सेवाको खुद निर्यात बचतमा थियो। 

अघिल्लो २६ वर्षमा चार वर्षमात्र बचत रहेको खाता पछिल्लो १६ वर्षमा १३ वर्ष बचतमा जानुको एउटा मुख्य कारण रेमिट्यान्स थियो। जुन आर्थिक वर्षदेखि रेमिट्यान्सको प्रवाह मुलुकमा बढ्न थाल्यो त्यही वर्षदेखि खाता बचतमा गएको छ। आर्थिक वर्ष २०५७/५८ मा मुलुकमा ४७ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो। त्यसैले सो वर्ष खाता बचतमा थियो। त्यसपछिका वर्षमा रेमिट्यान्स प्रवाहमा वृद्धि हुँदै गयो र १६ वर्षमा १३ वर्ष मुलुकको चालु खाता बचतमा रह्यो। 

चालु खातामा गत वर्ष सुधार देखिएपनि आर्थिक क्षमता बढेरभन्दा पनि आन्तरिक बजारको शिथिलताका कारणले सिर्जना भएको परिणाम हो। यही अवस्थामा रमाउनेभन्दा पनि यसलाई कसरी दिगो बनाउने भनेर सोच्नुपर्ने अर्थशास्त्रीहरूले बताउँदै आएका छन्। 

बाह्य क्षेत्रमा देखिएको सुधार मुलुकको क्षमता बढेरभन्दा पनि सुरूमा उपभोगमा नियन्त्रण र त्यसपछि गरिएको कडाइले भूमिका खेलेको हो। 


प्रकाशित : सोमबार, भदौ ३ २०८११६:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend