आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

गत आवमा बारामा एक हजार ३४३ साना उद्योग दर्ता

images
आइतबार, भदौ २ २०८१
images
गत आवमा बारामा एक हजार ३४३ साना उद्योग दर्ता

नयाँ तथा पुरानो गरी हालसम्म दर्ता भएका वाणिज्यतर्फका एक हजार तीन सय ९६ वटा र साना घरेलुतर्फका एक हजार १७ वटासमेत गरी दुई हजार चार सय १३ रहेका छन्।

images
images

बारा- घरेलु तथा साना उद्योग कार्यालय, बारामा आर्थिक वर्ष २०८०/८१ मा जम्मा एक हजार तीन सय ४३ वटा साना तथा घरेलु उद्योग दर्ता भएका छन्।

images
images
images

दुई अर्ब २२ करोड १७ लाख ८८ हजार छ सय २७ कुल पुँजीको लागतमा सञ्चालित सो उद्योगको तीन अर्ब ४६ करोड तीन लाख ५५ हजारको वार्षिक उत्पादन क्षमता भएको कार्यालय प्रमुख धर्मेन्द्रलाल कर्णले जानकारी दिए।

images
images

नयाँ तथा पुरानो गरी हालसम्म दर्ता भएका वाणिज्यतर्फका एक हजार तीन सय ९६ वटा र साना घरेलुतर्फका एक हजार १७ वटासमेत गरी दुई हजार चार सय १३ रहेका छन्। यसमध्ये वाणिज्यतर्फ दुई सय २९ र साना उद्योगतर्फ एक सय ६० गरी तीन सय ८९ वटाले लगत कट्टी गरेको कार्यालयले जनाएको छ।

images
images

बाराका घरलु तथा साना उद्योग कार्यालयले ती उद्योगहरूबाट जम्मा ९६ लाख ४५ हजार दुई सय ५० रूपैयाँ राजस्व संकलन गरेका कर अधिकृत उपेन्द्र यादवले जानकारी दिए।

कार्यालय प्रमुख धर्मेन्दलाल कर्णका अनुसार दर्ता भएका ती उद्योगमा हाल एक हजार पाँच सय ४१ जनाले रोजगारी पाएका छन्। रासस


प्रकाशित : आइतबार, भदौ २ २०८११७:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend