आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

वैदेशिक रोजगारीमा जाने युवाहरु ठगिएको भन्दै सांसदले गरे दोषीमाथि कारबाहीको माग

images
आइतबार, भदौ २ २०८१
images
वैदेशिक रोजगारीमा जाने युवाहरु ठगिएको भन्दै सांसदले गरे दोषीमाथि कारबाहीको माग

'फ्रि टिकट र फ्रि भिसामा पठाएको भनिए पनि मेनपावर कम्पनीले एकजनाबाट एक लाख ६० हजार रूपैयाँसम्म लिएको पीडितको गुनासो छ, तर उनीहरुले विदेशमा पुगेर काम पनि पाएका छैनन्', राष्ट्रियसभा सांसद तुलसाकुमारी दाहालले भनिन्।

images
images

काठमाडौं- सांसद तुलसाकुमारी दाहालले काठमाडौंका विभिन्न मेनपावर कम्पनीबाट साउदी अरब पुगेका नेपालीले त्यहाँ जानुभन्दा पहिला तोकिएको काम नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन्।

images
images
images

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले भनिन्, 'फ्रि टिकट र फ्रि भिसामा पठाएको भनिए पनि मेनपावर कम्पनीले एकजनाबाट एक लाख ६० हजार रूपैयाँसम्म लिएको पीडितको गुनासो छ, तर उनीहरुले विदेशमा पुगेर काम पनि पाएका छैनन्, यसबारे सरकारले सत्य तथ्य पत्ता लगाएर दोषीमाथि कारबाही गर्नुपर्छ।'

images
images

सांसद इन्दिरादेवी गौतमले सोलुखुम्बुको थामेमा गएको बाढीले जनधनको क्षति भएको भन्दै सरकारको ध्यनाकर्षण गराइन्। उनले भनिन्, 'जलवायु परिवर्तनबाट जोखिम बढ्दो रुपमा देखिन थालेको छ, जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरण गर्न ‘हिमाल जोगाउँ अभियान’लाई प्रभावकारी बनाउनुपर्छ।'

images
images

सांसद जगप्रसाद शर्माले देशको ठूलो समस्याका रुपमा भूमि समस्या रहेको भन्दै त्यसको जतिसक्दो चाँडो सरकारले समाधान खोज्नुपर्नेमा जोड दिए। 'यो समस्यालाई समाधान गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय छ, हाम्रो देशमा रहेको भूमिको समस्या सामाधान गर्न प्रत्येक बन्ने सरकारले विभिन्न आयोग बनाउने गर्छन्, ती आयोगमा राजनीतिक हस्तक्षेप हुनाले राम्ररी काम नगरेको अवस्था छ, भूमि आयोग गत चैत ८ गते विघटन भएपछि हालसम्म बन्न सकेको छैन, भूमि आयोगलाई अगाडि बढाएर प्रतिजग्गामा सुकुम्वासीलाई लालपुर्जा वितरण गर्न सरकारले सोच्नुपर्छ', उनले भने।

सांसद तारामान सुनुवारले बाढीपहिरो, सडक दुर्घटना, हवाई दुर्घटना र हिमताल फुट्दा  ठूलो जनधनको क्षति भएकोप्रति चिन्ता व्यक्त गरे। 'पछिल्लो समयमा दुर्घटना हुँदा सयौँले ज्यान गुमाएका छन्, दुर्घटनाका कारण खोजी गर्नुपछ साथै समयमै रोकथाम गर्न सरकारसँग आग्रह गर्छु', उनले भने। रासस


प्रकाशित : आइतबार, भदौ २ २०८११५:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend