आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

मूल्यवृद्धि पाँच दशमलव ४४ प्रतिशत

images
आइतबार, भदौ २ २०८१
images
मूल्यवृद्धि पाँच दशमलव ४४ प्रतिशत

राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र देखिएको हो।

images
images

काठमाडौं- गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक औसत मुद्रास्फीति पाँच दशमलव ४४ प्रतिशत रहेको छ।

images
images
images

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र देखिएको हो।

images
images

राष्ट्र बैंकका आनुसार गत आवमा आयात एक दशमलव दुई प्रतिशतले र निर्यात तीन प्रतिशतले घटेको छ। अघिल्लो वर्ष आयात १६ दशमलव एक प्रतिशतले र निर्यात २१ दशमलव चार प्रतिशतले घटेको थियो।

images
images

गत आवमा विप्रेषण आप्रवाह १६ दशमलव पाँच प्रतिशतले बढेर १४ खर्ब ४५ अर्ब ३२ करोड रूपैयाँ पुगेको छ।

त्यस्तै शोधनान्तर स्थिति पाँच खर्ब दुई अर्ब ४९ करोड रूपैयाँलेले बचतमा रहेको छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति दुई खर्ब ८५ अर्ब ८२ करोड रूपैयाँले बचतमा रहेको थियो।

गत आवमा कूल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको छ। उक्त सञ्चिति १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ। यो अवधिमा विस्तृत मुद्राप्रदाय १३ प्रतिशतले बढेको छ।

गत आवमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा पाँच दशमलव आठ प्रतिशतले बढेको छ। गत असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप ६४ खर्ब ५२ अर्ब रूपैयाँ र निजी क्षेत्रमा प्रवाहित कर्जा ५० खर्ब ७४ अर्ब रूपैयाँ पुगेको छ। रासस


प्रकाशित : आइतबार, भदौ २ २०८११४:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend