शनिबार, असोज १२ गते २०८१    
images
images

भारतीय समकक्षी एस जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री आरजु राणा नयाँदिल्ली प्रस्थान

images
आइतबार, भदौ २ २०८१
images
images
भारतीय समकक्षी एस जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री आरजु राणा नयाँदिल्ली प्रस्थान

भ्रमणका क्रममा दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ।

images
images

काठमाडौं- परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भारतको औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गरेकी छिन्।

images
images
images

भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उनी आज बिहान त्यसतर्फ प्रस्थान गरेकी हुन्। उनी परराष्ट्रमन्त्री नियुक्त भएपछिको यो पहिलो विदेश भ्रमण हो।

यस भ्रमणका क्रममा उनका भारतीय समकक्षी विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता हुने कार्यक्रम तय भएको छ। दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ।

मन्त्री डा राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साललगायत परराष्ट्रका वरिष्ठ अधिकारीहरूले बिदाइ गरेका थिए। मन्त्री डा राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगाना पनि सहभागी छन्।

images

परराष्ट्रमन्त्री डा राणाको यो भ्रमण नेपाल भारतबीच हुने नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्पराअनुसार नै भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्री डा राणा यही भदौ ६ गते स्वदेश फर्कने छिन्। रासस


प्रकाशित : आइतबार, भदौ २ २०८११३:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend