आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य

images
आइतबार, भदौ २ २०८१
images
पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य
फाइल तस्बिर

वडामा रहेका खहरे खोलामा आवश्यक पूर्वाधार निर्माण हुन नसक्दा कटान तथा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीयले बताए।

images
images

राँझा- बाँकेको राप्ती सोनारी गाउँपालिका-९ स्थित डुडुवा खोलामा पुल नहुँदा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्।

images
images
images

खोलामा पुलको व्यवस्था नहुँदा स्थानीयले काठको लप्कोबाट जोखिमपूर्ण यात्रा गर्दै आएका छन्। बर्खायाममा बालबालिकालाई विद्यालय पठाउन र आवतजावत गर्न समस्या हुने गरेको राप्ती सोनारी-९ खैरी टोल निवासी लालबहादुर विकले बताए।

images
images

'हिउँदमा जसोतसो आवतजावत गरे पनि बर्सातमा ठूलो जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था छ', विकले भने, 'खैरीटोलबाट विद्यालय पढ्न गुरुवागाउँ जान बालबालिका जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।'

images
images

राप्ती सोनारी-९ मै बग्ने भक्ते खोला र चुके नालामा बर्सातमा आउने बाढीले स्थानीय प्रभावित हुँदै आएका छन्। वडामा रहेका खहरे खोलामा आवश्यक पूर्वाधार निर्माण हुन नसक्दा कटान तथा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीय भरत खड्काले बताए।

राप्ती सोनारी-९ का वडाध्यक्ष सोहनलाल थारूले वडामा सडक, पुल तथा नदी नियन्त्रणका लागि तटबन्ध निर्माणजस्ता पूर्वाधार विकास गर्नुपर्ने धेरै भए पनि वडाको सीमित बजेटबाट गर्न नसकिएको बताए।

'वडाका धेरै टोलमा पुल र कल्भर्टको आवश्यकता छ, निर्माणका लागि निरन्तर पहल भइरहेको छ', वडाध्यक्ष थारूले भने, 'गाउँपालिका, प्रदेश र संघीय सरकारसमक्ष आवश्यक बजेटको लागि पटक-पटक माग गर्दै आएका छौँ।'

गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले राप्ती सोनारी-९ खैरीटोलस्थित डुडुवा खोलामा पुल निर्माणका लागि आफू सकारात्मक रहेको बताए। उनले सकेसम्म यो आर्थिक वर्षमै पुल निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गरिने उल्लेख गरे।

बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले बाँकेका राप्ती सोनारी र नरैनापुरवासी खहरे खोलाबाट पीडित हुँदै आएकाले आवश्यक पुल र तटबन्धका लागि सम्बन्धित मन्त्रालयमा योजना पेस गरेको बताए। रासस


प्रकाशित : आइतबार, भदौ २ २०८११३:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend