बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

आन्तरिक राजस्वको महानिर्देशकमा रामप्रसाद आचार्य, भन्सारमा पुडासैनी

images
आइतबार, भदौ २ २०८१
images
images
आन्तरिक राजस्वको महानिर्देशकमा रामप्रसाद आचार्य, भन्सारमा पुडासैनी

यसैगरी  यमुना प्रधानलाई भन्सार विभागको उपमहानिर्देशक, जनकराज शर्मालाई भन्सार विभागको उपमहानिर्देशक। डिल्लीराम पन्थीलाई महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रकको जिम्मेवारी तोकिएको छ ।

images
images

काठमाडौं- अर्थ मन्त्रालयले दुई मुख्य कर विभागको प्रमुख तोकेको छ। 

images
images

अर्थले आन्तरिक राजस्व विभागको महानिर्देशकमा रामप्रसाद आचर्य र भन्सारमा हरिशरण पुडासैनीलाई तोकेको हो। आन्तरिक राजस्वको महानिर्देशक भएका आचार्य यसअघि अर्थ मन्त्रालयको प्रशासन महाशाखामा थिए। 

images
images

त्यस्तै सरकारले अन्य कर कार्यालय र भन्सार प्रमुख पनि हेरफेर गरेको छ। दीपक लामिछानेलाई विरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक, कविता रेग्मीलाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक, गोपीकृष्ण कोइरालालाई आन्तरिक राजस्व विभाग उपमहानिर्देशक, रमेश अर्याललाई ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक, पार्वती शर्मालाई मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासकको जिम्मेवारी तोकिएको छ।

images
images

यसैगरी यमुना प्रधानलाई भन्सार विभागको उपमहानिर्देशक, जनकराज शर्मालाई भन्सार विभागको उपमहानिर्देशक, डिल्लीराम पन्थीलाई महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रकको जिम्मेवारी तोकिएको छ । 

त्यसैगरी उत्तरकुमार खत्रीलाई अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखा, मदन दाहाललाई अर्थ मन्त्रालय प्रशासन महाशाखा, थानप्रसाद पंगेनीलाई अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखा, महेश भट्टराईलाई अर्थ मन्त्रालय योजना अनुगमन तथा मूल्यांकन महाशाखा र अमृत लम्साललाई अर्थ मन्त्रालयअन्तर्गतको जिम्मेवारी तोकिएको छ।

यसअघि अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखा प्रमुखको जिम्मेवारी धनीराम शर्मा र बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी श्रीकृष्ण नेपाललाई तोकिएको थियो।


प्रकाशित : आइतबार, भदौ २ २०८१११:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend