शनिबार, असोज ५ गते २०८१    
images
images

ग्लोबल आईएमई बैंकले किसान कार्ड मार्फत कृषि कर्जा दिने 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस २२ २०७८
images
images
ग्लोबल आईएमई बैंकले किसान कार्ड मार्फत कृषि कर्जा दिने 

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र आर एण्ड डि इनोभेटिभ सोलुसन प्रालि ले कृषक पहिचान तथा कृषकहरूलाई आवश्यक तालिम प्रदान गर्नेछन् ।

images
images

काठमाडौं- ग्लोबल आइएमई बैंकले किसान कार्डबाट किसानलाई सहुलियतपूर्ण कृषि कर्जा दिने भएको छ। 

images
images
images

आर एण्ड डि इनोभेटिभ सोलुसन प्रालि र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाबीच कृषि क्षेत्रको आधुनिकीकरण मार्फत् आत्मनिर्भर एवं व्यावसायिक कृषक उत्पादनका लागि कर्जा सहजीकरणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएसँगै बैंकले सहुलियत ऋण दिने भएको हो। 

समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य,  आर एण्ड डि. इनोभेटिभ सोलुसन प्रालिका प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेमाफुकी, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको तर्फबाट नगरपालिकाका उपमेयर विणादेवी राई र इन्फी केयर प्रालिका निर्देशक सविन मानन्धरले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। 

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले आर एण्ड डि इनोभेटिभ सोलुसन प्रालि तथा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको सिफारिसमा कृषि पेशामा आवद्ध व्यवसायिक कृषहरूलाई आवश्यक मलखाद, बीउ–बिजन तथा विषादी खरिद गर्न ग्लोबल किसान कार्ड मार्फत सहुलियतपूर्ण ब्याजदरमा कृषि कर्जा उपलब्ध गराउनेछ । 

images

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र आर एण्ड डि इनोभेटिभ सोलुसन प्रालि ले कृषक पहिचान तथा कृषकहरूलाई आवश्यक तालिम प्रदान गर्नेछन् ।

कर्जा, नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कजाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तर्गत व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा अनुसार व्याज अनुदान प्रदान गरिनेछ । कृषि सामग्री बिक्रेता दर्ता गर्ने (डेटाबेस व्यबस्थापन) तथा कार्ड मार्फत हुने भुक्तानीको प्राविधिक सहजीकरण इन्फी केयर प्रालिले गर्नेछ । 

 


प्रकाशित : बिहीबार , पुस २२ २०७८१४:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend