बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

८ लाख ३९ हजार खर्चेर पर्वतका ९ वटा सामुदायिक वनमा पोखरी निर्माण

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २ २०८१
images
images
८ लाख ३९ हजार खर्चेर पर्वतका ९ वटा सामुदायिक वनमा पोखरी निर्माण

'मानवीय व्यवहारकै कारण पानीका मुहान सुक्दै गइरहेका बेला वन क्षेत्रमा बनाइएका पोखरीले मानव र वन्यजन्तुको द्वन्द्व पनि घटाउने छ।'

images
images

पर्वत- वन्यजन्तुको सुविधा तथा डढेलो नियन्त्रणमा उपयोगी हुने ठानेर पर्वतका ९ वटा सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ। 

images
images

डिभिजन वन कार्यालयले सामुदायिक वनमा पोखरी निर्माण कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा नौवटा पोखरी निर्माण गरेको हो।

images
images

बाह्रैमास पानी टिक्ने स्थानमा पोखरी निर्माण गरेर पानी संकलन गरिएको डिभिजन वन कार्यालयका प्रमुख झ्यामनारायण सापकोटाले जानकारी दिए। उनका अनुसार १० लाखको लागतमा १० वटा पोखरी निर्माण गर्ने लक्ष्य रहेको भए पनि नौवटा मात्रै पोखरी निर्माण गर्न सकिएको हो। नौवटा पोखरी निर्माण गर्दा ८ लाख ३९ हजार २ सय १३ रुपैयाँ खर्च भएको उनले बताए। 

images
images

फलेवास नगरपालिका-३ को देउपुजा सामुदायिक वन, मोदी गाउँपालिका-४ को लोहोसे चिसाखर्क सामुदायिक वन, बराहताल थान सामुदायिक वन, कुश्मा नगरपालिका-१४ को गिदाउरे सालघारी सामुदायिक वन, जलजला गाउँपालिका-४ को टाँडी बिसौना सामुदायिक वनमा पोखरी निर्माण गरिएको हो।

त्यसैगरी जलजला-८ को लस्ती वेर्नेटा सामुदायिक वन, फलेवास नगरपालिका-७ को कालोवन बाटुलेचौर सामुदायिक वन र कुश्मा नगरपालिका-३ को सल्लेरी सामुदायिक वनमा दुईवटा पोखरी निर्माण गरिएको उक्त कार्यालयले जनाएको छ। 

पोखरी जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको तापक्रम र डढेलो निभाउन उपयोगी हुने सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष जीवन उचै ठकुरीले बताए। 'पोखरीको पानीले मूलहरू ‘रिचार्ज’ हुन्छन् त्यसले मूल संरक्षणमा सहयोग पुग्छ', उनले भने, 'मानवीय व्यवहारकै कारण पानीका मुहान सुक्दै गइरहेका बेला वन क्षेत्रमा बनाइएका पोखरीले मानव र वन्यजन्तुको द्वन्द्व पनि घटाउने छ।' रासस


प्रकाशित : आइतबार, भदौ २ २०८११०:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend