मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

सेवा आयातको विदेशी मुद्रा सिफारिसमा कडाइ, उद्योग विभागबाट सम्झौता स्वीकृत गराउनुपर्ने

images
बिहीबार , पुस २२ २०७८
images
images
सेवा आयातको विदेशी मुद्रा सिफारिसमा कडाइ, उद्योग विभागबाट सम्झौता स्वीकृत गराउनुपर्ने

विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले विदेशीने मुद्रामा कडाइ गरिरहेको छ। सीमित वस्तुको आयात निरुत्साहित हुने नीतिगत व्यवस्था गरेको छ।

images
images

काठमाडौं- विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले विदेशीने मुद्रामा कडाइ गरिरहेको छ। सीमित वस्तुको आयात निरुत्साहित हुने नीतिगत व्यवस्था गरेको छ।

images
images

त्यस्तै आजमात्र उद्योग विभागले सूचना जारी गर्दै विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ अनुसार सेवा आयात गर्दा बाहिरिने विदेशी मुद्राको सिफारिसमा कडाइ गरेको हो।

images
images

विदेशी कम्पनीबाट सेवा आयात गर्दा प्रविधि हस्तान्तरण र सेवामात्रको आयात हुनेगरी आवश्यक मुद्राका लागि उद्योग विभागले सिफारिस पठाउँदै आएको थियो। तर अबदेखि विभागले आयात गर्नुपूर्व नै आयातको सम्झौता विभागबाट स्वीकृत गराउनुपर्ने व्यवस्था गरेको छ।

images
images
images

अहिलेसम्म सम्झौता गरेर आयात गरेपछिमात्र कम्पनीहरू मुद्रा सिफारिसका लागि उद्योग विभागमा जाने गरेका थिए। यसअघि नै भएको आयातमा सम्झौता स्वीकृति अनिवार्य भने हुने छैन। अबदेखि भने सम्झौता नै स्वीकृत गराउनुपर्ने भएको छ।


प्रकाशित : बिहीबार , पुस २२ २०७८१३:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend