शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

आर्थिक सुधार आयोग गठन हुनु सकारात्मक : महासंघ

images
शनिबार, भदौ १ २०८१
images
आर्थिक सुधार आयोग गठन हुनु सकारात्मक : महासंघ

महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले मितव्ययीरुपमा आयोग सञ्चालनको ढाँचा पनि प्रस्ताव गरेको जानकारी दिए।

images
images

काठमाडौं- अर्थ मन्त्रालयले एकसय दिनको कार्यक्रममा उच्चस्तरिय आर्थिक सुधार आयोग गठन गर्ने विषय समावेश गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघले यसलाई सकारात्मक रुपमा लिएको जनाएको छ।

images
images
images

महासंघले सुधारका लागि समन्वय गर्न उच्चस्तरिय आयोगको माग राख्दै आइरहेको थियो। अर्थतन्त्रसम्बद्ध क्षेत्रबीच समन्वयको अभाव, निजी क्षेत्रको नीति निर्माण तहमा सीमित पहुँच र तत्कालीन एवं दीर्घकालीन रुपमा अर्थतन्त्र चलायमान बनाइ दीगो आर्थिक विकास हासिल गर्नुपर्ने अहिलेको आवश्यकता भएकोले महासंघले आयोगको प्रस्ताव सरकारसमक्ष राखेको थियो। 

images
images

यसलाई अर्थ मन्त्रालयले सय दिनको प्राथमिकतामा समावेश गरेकामा अर्थमन्त्री एवं सरकारलाई धन्यवाद दिँदै महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले मितव्ययीरुपमा आयोग सञ्चालनको ढाँचा पनि प्रस्ताव गरेको जानकारी दिए। 

images
images


प्रकाशित : शनिबार, भदौ १ २०८११४:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend