आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

साउनमा बजेट खर्चभन्दा राजस्व दोबर, एक महिनामा ९६ अर्ब ९५ करोड संकलन

images
शनिबार, भदौ १ २०८१
images
साउनमा बजेट खर्चभन्दा राजस्व दोबर, एक महिनामा ९६ अर्ब ९५ करोड संकलन

चालु आर्थिक वर्षका लागि १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रूपैयाँ बराबर राजस्व उठाउने सरकारको लक्ष्य छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिना सरकारी बजेट खर्चभन्दा राजस्व संकलन दोबर देखिएको छ।

images
images
images

महालेखा नियन्त्रक कार्यालयका अनुसार साउन महिनामा ४० अर्ब २० करोड ७६ लाख बराबर बजेट खर्च हुँदा ९६ अर्ब ९५ करोड ७१ लाख रूपैयाँ बराबर राजस्व उठेको हो। चालु आवको पहिलो महिनाको सरकारी खर्च वार्षिक लक्ष्यको दुई दशमलव १६ प्रतिशत र आम्दानी ६ दशमलव ५९ प्रतिशत बराबर हो।

images
images

एक महिनामा चालुतर्फ १२ अर्ब ३८ करोड २२ लाख रूपैयाँ अर्थात् वार्षिक लक्ष्यको एक दशमलव ०९ प्रतिशत र पुँजीगततर्फ आठ अर्ब ५५ करोड ४८ लाख रूपैयाँ अर्थात् वार्षिक लक्ष्यको दुई दशमलव ४३ प्रतिशत बराबर छ।

images
images

त्यस्तै, पुँजीगततर्फ वार्षिक लक्ष्यको पाँच दशमलव २५ प्रतिशत अर्थात् १९ अर्ब २७ करोड ६ लाख बराबर खर्च भएको छ।

चालु आर्थिक वर्षका लागि सरकारले चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रूपैयाँ, पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रूपैयाँ बराबर विनियोजन गरेको छ।

चालु आर्थिक वर्षका लागि १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रूपैयाँ बराबर राजस्व उठाउने सरकारको लक्ष्य छ।

कर राजस्व १२ खर्ब ८४ अर्ब २० करोड रूपैयाँ, गैरकर राजस्व एक खर्ब ३५ अर्ब रूपैयाँ र वैदेशिक अनुदान ५२ अर्ब ३२ करोड ६५ लाख रूपैयाँ बराबर उठाउने लक्ष्य छ।

चालु आर्थिक वर्षको पहिलो महिना सरकारले वैदेशिक अनुदान लिएको छैन।

साउन महिनाको कुल संकलित राजस्वमध्ये कर राजस्व ७७ अर्ब ४१ करोड २७ लाख रूपैयाँ र गैरकर राजस्व १७ अर्ब ३३ करोड रूपैयाँ छ। 


प्रकाशित : शनिबार, भदौ १ २०८११३:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend