शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

ललितपुरको अदालत भवन पुनःनिर्माण हुँदै

images
शनिबार, भदौ १ २०८१
images
ललितपुरको अदालत भवन पुनःनिर्माण हुँदै

२०७२ सालको भूकम्पपछि जीर्ण बन्दै गएको ऐतिहासिक अदालत भवन अहिले प्रयोगविहीन अवस्थामा छ।

images
images

ललितपुर- ललितपुरको पाटनस्थित विश्वसम्पदा क्षेत्रमा रहेको अदालत भवन पुनःनिर्माण हुने भएको छ। विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको उक्त भवनको पुनःनिर्माणको काम अघि बढेको छ।

images
images
images

जिल्लास्थित स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयकी सूचना अधिकारी लीला पाठकका अनुसार २०७२ सालको भूकम्पपछि जीर्ण बन्दै गएको ऐतिहासिक अदालत भवन अहिले प्रयोगविहीन अवस्थामा छ।

images
images

जीर्ण बन्दै गएपछि घाँसले ढपक्कै ढाकेको उक्त भवनको तल्लो कोठामा यसअघि इलाका हुलाक कार्यालय सञ्चालित थियो। हाल सो भवन पुनःनिर्माण हुने भएपछि इलाका हुलाक कार्यालय अर्को ठाउँमा सारिएको छ।

images
images

भारतीय दूतावासको सहयोगमा पुनःनिर्माण हुन लागेको सो भवन पुनःनिर्माणको सबै प्रक्रिया सकिएर अबको केही दिनमा काम सुरु हुने उनले बताए। 'हाल जीर्ण अवस्थामा रहेको भवनभित्र रहेका समान सुरक्षितसाथ अर्को ठाउँमा सारिएको छ। अबको केही दिनमा काम सुरु हुन्छ', सूचना अधिकारी पाठकले भनिन्।

जीर्ण भवन नेपालको प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (१९५६) अनुसार निर्माण गरिनेछ। भवनको संरक्षण नीतिअन्तर्गत उक्त भवन पुनर्निर्माणका लागि प्रस्ताव गरिएको पुरातत्व विभागले जनाएको छ।

पुनःनिर्माणका लागि काम सुरु हुन थालेको ऐतिहासिक अदालत भवन १९९० सालको भूकम्प अगाडि तीन तलाको रहेको पाइएकाले पुरानै स्वरुपमा भवन निर्माण गर्न नक्सा पास भएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ। रासस


प्रकाशित : शनिबार, भदौ १ २०८११२:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend