शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

७० प्रतिशत हकप्रद दिने भएपछि नेपाल फाइनान्सको सेयर खरिदमा झुम्मिए लगानीकर्ता 

images
शुक्रबार, पुस २३ २०७८
images
७० प्रतिशत हकप्रद दिने भएपछि नेपाल फाइनान्सको सेयर खरिदमा झुम्मिए लगानीकर्ता 
images
images

काठमाडौं- हकप्रद सेयरको तयारीमा रहेको नेपाल फाइनान्सको सेयर खरिदमा लगानीकर्ता झुम्मिएका छन्। कम्पनीको सेयरमूल्य अघिल्लो १० प्रतिशतले वृद्धि भएसँगै सर्किट लागेको थियो। कम्पनीको प्रतिकित्ता सेयर ५७५.३० पुगेको छ।

images
images
images

हकप्रद सेयर निष्कासन गर्ने तयारीमा रहेका कारण पनि कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो। 

images
images

कम्पनीले १ : ०.७० अनुपातमा १०० रुपैयाँको अंकित दरको ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारी गरिरहेको छ। उक्त हकप्रद सेयर निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ। 

images
images

सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र हकप्रद सेयर निष्कासन गर्नेछ।

हाल कम्पनीको चुक्ता पुँजी ४९ करोड ३४ लाख ९६ हजार रहेको छ। उक्त हकप्रद सेयरपछि पुँजी ८३ करोड ८९ लाख ४३ हजार पुग्नेछ। बिहीबार कम्पनीको ४७ हजार ४८४ कित्ता सेयर खरीद बिक्री भएको छ। २०६७/६८ देखि हालसम्म सेयरधनीलाई लभांशसमेत दिएको छैन। उक्त वर्ष २२ प्रतिशत लाभांश दिएको कम्पनी समस्यामा गएपछि लाभांश दिएको छैन। 

केही वर्षदेखि लगातार राम्रो गरेको कम्पनीले गत वर्षको नाफाबाट लाभांश दिने आशाले पनि सेयर लगानीकर्ताहरूको आकर्षण बढेको छ। 

पछिल्लो ५२ हप्तामा ८०६ रुपैयाँसम्म पुगेको सेयर मूल्य न्यूनतम २१९ रुपैयाँ रहेको थियो। पछिल्लो समय लगातार घटिरहेको सेयर मूल्य पुन: ७० प्रतिशत हकप्रद दिने भएपछि सेयर मूल्य उचालिएको हो।


प्रकाशित : शुक्रबार, पुस २३ २०७८०६:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend